बिक्री भयो सौर्य एयरलाइन्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७५, शुक्रबार ०६:०७

काठमाडौँ  ।  चार वर्षअघि क्यानेडियन जेट विमान बमबार्डियर सिआरजे २००० ल्याएर नेपाली आकासमा उडान थालेको सौर्य एयरलाइन्स बिक्री भएको छ ।

५० सिट क्षमताका साढे १५ र साढे १७ वर्ष पूराना दुईटा सीआरजे विमानबाट काठमाडौंदेखि सुगम रुटहरु ९भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगंज र धनगढी० मा उडान थालेको यो कम्पनी चीनमा बसेर व्यापार गर्दै आएका श्याम अधिकारीको समूहले ६४ करोड रुपैयाँमा सकारेका हुन् ।

यसअघि यो एयरलाइन्स झापाका सुपारीरलसुन तथा बालुवा व्यापारी दिपक पोखरेलको थियो । एयरलाइन्सका अनुसार, यसमा व्यापारी पोखरेलको ८० प्रतिशत हाराहारी शेयर थियो ।

उनीबाहेक थप १३ जना अन्य व्यापारी यसका साना लगानीकर्ता थिए । चीनमा बसेर व्यापार गर्दै आएका प्यूठानबासी अधिकारीले यो एयरलाइन्स खरिद गर्नुअघि सीता एयरका लगानीकर्ताले यो एयरलाइन्स खरिद गर्न चाहेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१