केहि महिना भित्रै मलेसियासँग श्रम सम्झौता हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ भाद्र २०७१, शुक्रबार १०:५०

काठमाडौं । ५ वर्षदेखि अड्किएको द्विपक्षिय श्रम सम्झौता अबको ५ महिनाभित्रै गर्न नेपाल र मलेसिया सहमत भएका छन् । बिहिबार मलेसियाका तर्फबाट मानव संसाधनमन्त्री दातुक रिचर्ड रायत जाइम र नेपालबाट श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङबीच सन् २०१४ भित्रै श्रम सम्झौता गर्ने सहमति भएको हो । जइम अहिले नेपाल भ्रमणमा छन् ।timthumb (2)

 सम्झौता मस्यौदामाथि गहन छलफल गरी छिट्टै टुंग्याउन दुबै देशमा सहसतिवस्तरीय कार्यदल गठन गर्ने निर्णय भएको छ । छिट्टै बस्ने कार्यदल बैठकले घरेलु र सामान्य कामदारको श्रम सम्झौता छुट्छुट्टै गर्ने व्यवस्था तय गर्नेछ ।

 नेपालले ५ वर्षदेखि मलेसियालाई निरन्तर श्रम सम्झौताको मस्यौदा पठाउँदै आएको छ । ३ महिनाअघि मात्रै पनि मस्यौदा पठाएको थियो । मलेसियाले पनि सन् २०१३ मा मस्यौदा पठाएको थियो । तर यसबारे अहिलेसम्म निर्णय भने भएको छैन ।

 श्रम सम्झौतापछि मलेसिया सरकार नेपाली कामदारप्रति उत्तरदायी हुनुपर्ने हुन्छ । श्रम सम्झौता विदेबी कामदारको सेवा–सुविधा र अधिकार सुनिश्चित हुने भएकाले यसलाई महत्वका साथ हेरिन्छ । सम्झौतामा अन्तराष्ट्रिय स्तरको मापदण्ड तय गरिएको हुन्छ । – कारोवार दैनिक

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१