रगत चाहियो सशस्त्र प्रहरीलाई खबर गर्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७५, बिहीबार १६:२२

रक्त संचार केन्द्रले पनि समय समयमा रगतको अभाव भइरहेको भन्दै रक्तदानका लागि आग्रह गर्ने गरेको छ।यसैबीचमा सशस्त्र प्रहरी वलले रगतको अभाव हुन नदिन पहिलो पटक रक्तसंचार कार्यक्रम सुरु गरेको छ।विहीबार प्रहरी प्रहरी मुख्यालय हलचोक र देशहरुका बाहिनीबाट सशस्त्र प्रहरीले ८ सय पिन्ट रगत संकलन गरेको छ। अबदेखि रगत चाहिए सिधै सशस्त्र प्रहरीसँग अनुरोध गर्न सकिने ब्यवस्था मिलाइएको छजनताको सेवा, सुरक्षा, सहयोग र आपत विपदमा उद्वारको उ खटिरहेको छ। मृत्यु र जीवनको दोसादमा रहेका आम नागरीकहरुलाई रक्तदान गरी जीवनदान दिनुपर्छ भन्ने अभियानका साथ संगठनले रक्तदान कार्यक्रम सुरु गरेको खनालले बताय।  सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिन स्मरण गर्दै सशस्त्रले यो अभियान सुरु गरेको हो।संगठनले रक्तदानबारे सशस्त्र प्रहरी कर्मचारीहरुमा चेतना अभिवृद्धि गर्ने उद्देश्य समेत लिएको छ । संगठनले रगतको अभावमा जीउ जोखिममा पर्नसक्ने नागरीकलाई रगत प्रदान गर्नेतर्फ ध्यान पु¥याउँदै आगामी दिनहरुमा अशक्त विरामीहरुका लागि नजिकको सशस्त्र प्रहरी बलको व्यारेकका इच्छुक सशस्त्र प्रहरी कर्मचारीबाट रक्तदान गर्ने व्यवस्था समेत मिलाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१