२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने सरल उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७५, बिहीबार ०५:३८

एजेन्सी । तपाइंको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ। मरेको छालाको कारणले गर्दा यसो भएको हो छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाइंले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । यो बिधि धेरै नै सजिलो हुनुका साथै प्रभावकारी छ।

सामाग्रीहरु

१) कागती

२) थोरै नुन

३) चामलको पिठो

४) मह

बनाउने बिधि

पहिलो चरण : सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस्। यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस।

दोस्रो चरण : यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस्। यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ।

यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस्। त्यसपछि सफा पानीले मुख धुनुहोस। र अनुहारलाई सुक्खा हुन दिनुहोस । अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१