काठमाडौँ । कलङ्कीको जाम हटाउने समाधानका रुपमा हेरिएको कलङ्की–खसीबजार ‘अण्डर पास’ को काम अन्तिम चरणमा पुगेको छ । एक÷दुई सातापछि ‘अण्डर पास’ खुला हुने कलङ्की–कोटेश्वर सडक निर्माणमा समन्वय गरिरहेको चक्रपथ सुधार योजनाले बताएको छ ।
निर्माण कम्पनीले आगामी मङ्सिरसम्ममा कामसक्ने योजना बनाएको छ । आठ लेन सडकमध्ये माथि मुख्य सडकमा चार र सहायक सडकमा पर्ने ‘अण्डर पास’ मा चार लेन छन् । मुख्य लेनमा पनि दुई तह नै कालोपत्रे गर्न बाँकी छ ।
प्रतिक्रिया