प्रधानमन्त्रीले गरे झापामा आयुर्वेदिक चिकित्सालयको शिलान्यास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७५, बुधबार १६:०४

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गरेका छन्।सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० शय्याको हुनेछ। चिकित्सालय भवन निर्माणका लागि त्यहाँका नौ दाताले संयुक्त रूपमा दुई बिघा जमीन निःशुल्क दिएका हुन्। प्रारम्भिक चरणमा घेराबेराका काम सम्पन्न भइसकेका छन्। डिभिजन कार्यालयका अनुसार करिब २२ महिनामा त्यहाँ सुविधासम्पन्न चिकित्सालय भवन निर्माण हुनेछ।

भवन निर्माण पूरा गर्न रु १७ करोड २० लाख लाग्ने चिकित्सालयका रेखदेख समितिका संयोजक मणिकुमार भण्डारीले बताए। निर्माणको जिम्मा पाएको दमकको रवीना खनाल जेभीका सञ्चालक प्रकाश केसीका अनुसार निर्धारित समयमा सम्झौतानुसार ७५ मिटर लम्बाइ र ४५ मिटर चौडाइको अढाइतले भवन निर्माण हुनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१