“नेपाली सिनेमा जगतको स्तरबृद्धि आवस्यक छ” : छविराज ओझा

udaysanu@gmail.com' uday shrestha
६ भाद्र २०७५, बुधबार १४:५४

दाङ | नेपाली रजतपटका स्थापित निर्माता छविराज ओझाले विश्वस्तरमा निर्माणहुने चलचित्रहरुसंग प्रतिस्पर्धा गरी नेपाली सिनेमा बचाउन स्तरबृद्ध आवस्यक रहेको बताउनुभएको छ ।

कान्तिपुर फिल्म एकेडेमि ले दाङमा संचालन गरेको चलचित्र निर्माण सम्बन्धि आधारभूत कार्यशाला गोष्ठिउद्घाटन गर्दे ओझाले यस्तो बताउनुभएको हो । दङ्गाली चलचित्र निर्माता तथा निर्देशक गणेश बेलबासेको र्मिाणधिन चलचित्र प्रेमनाथका लागि समेत कलाकारहरु उत्पादन गर्ने उद्धेस्यले एकहप्ते अभिमुखिकरण कार्यक्रममा दाङ आउनुभएका ओझाले चलचित्रसम्बन्धि सोंच्न, बुझ्न र प्रबिधिको प्रयोग काबारे कार्यशाला उपयोगी हुने बताृनुभयो । पुर्वी नेपालको पिबर्तामोड देखि सुरुगरीएको अभियानमा अभिनय, सिनेमाटोग्राफि, अभिनय का बिषयमा प्रशिक्षण दिइने ओझा ले बताउनुभयो ।

“ फिल्म मेकिङ्ग पढ्न भारत जानुपर्ने बाध्यता हटेको छ , नेपालमै डेढ लाखमै एक बर्षे कोर्ष गर्न सकिन्छ, भारतमा त्यहि कोर्षको गर्न १७ लाख भारतिय रुपैयाँ पर्छ” ओझाले भन्नु भयो । आफुले निर्माण गरेको युगदेखि युग सम्म चलचित्रको सुरुवात देखि हाल सम्म चलचित्र निर्माणमा जमिन आसमानको फरक भएको भन्दै फिल्म लाइनमा आउँदा बुझेर मात्र आउन ओझाले सुझाव दिनुभयो । नेपाली फिल्म इन्डस्ट्रिमा राजेश हमाल देखि अनोल केसी सम्म आइपुग्दा चलचित्र निर्माण मा लगानी बढेको तर लगानी अनुसार प्रतिफल भने प्राप्त नभएको बताउनुभयो । “बक्स अफिसको स्थापनाले चलचित्र क्षेत्रमा मेरो यति लगानी, उतिलगानी भन्ने हरुको दिन गए” ओझाले भन्नु भयो । बक्स अफिसको स्थापना भएसंगै अब लगानी र मुनाफा वा घाटा सबै छर्लङ्ग हुने छ । बर्षेनि लगभग सयको हाराहारीमा चलचित्रहरु निर्मान हुने भएतापनि करीब १० वटा चलचित्रहरुले मात्र लगानी उठाउने वा नाफामा जाने अवस्था छ ।

२०४६ सालदेखि हाल सम्म आँउदा कुनैपनि कलाकारहरु लिजेन्डरी हिरोइज्म नपाइएको भन्ने सवालमा राजेश हमालले करीब २० बर्ष नेतृत्व दिएको दावि गर्दे नीर शाह, करिस्मा मानन्धर जस्ता लिजेन्डरी क्यारेम्क्टरहरु नेपाली फिल्मइन्डिस्ट्रिमा रहेको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१