स्थानीय तहद्वारा खर्च विवरण बुझाउन आनाकानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७५, बुधबार १३:३१

सुर्खेत – जिल्लाका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् ।असार मसान्तभित्र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भए पनि साउन मसान्त बितिसक्दा पनि बुझाएका छैनन् । कुन स्थानीय तहमा कति खर्च भयो र कति रकम फ्रिज भयो थाहा हुन नसकेको कार्यालयका सूचना अधिकारी कोष नियन्त्रक लोकप्रसाद पौडेलले जानकारी दिनुभयो। नौ स्थानीय तहमा रु सात अर्ब ७८ करोड २८ लाख ४९ हजार निकाशा गरिएको थियो । वीरेन्द्रनगर नगरपालिकालाई रु ६९ करोड ७० लाख ८० हजार, गुर्भाकोटलाई रु ४७ करोड १२ लाख ७९ हजार, भेरीगङ्गालाई रु ३९ करोड ८२ लाख ३२ हजार, पञ्चपुरीलाई रु ३८ करोड १८ लाख ३७ हजार तथा लेखबेँशी नगरपालिकालाई रु ३४ करोड १३ लाख १८ हजार निकाशा गरिएको थियो ।कोष नियन्त्रक पौडेलका अनुसार सिम्ता गाँउपालिकालाई रु ३४ करोड ५६ लाख ४७ हजार, बराहताललाई रु ३४ करोड ९६ लाख १८ हजार, चौकुनेलाई रु ३१ करोड ८२ लाख ८९ हजार तथा चिङगाड गाउँपालिकालाई रु २३ करोड ८५ लाख २८ हजार निकाशा गरिएको थियो । चालुतर्फ रु नौ अर्ब ७७ करोड चार लाखमध्ये रु नौ अर्ब ७७ करोड चार लाख मात्र खर्च भएको छ ।चालुतर्फको रु ४६ करोड ९९ लाख ४८ हजार बजेट फिर्ता भएको छ । पूँजीगततर्फ रु नौ अर्ब ६३ करोड ३८ लाखमध्ये रु आठ अर्ब ८७ करोड ३४ लाख ९५ हजार मात्र खर्च भएको छ । पूँजीगततर्फ रु ७६ करोड तीन लाख फिर्ता भएको छ । चालु वर्षमा रु एक अर्ब आठ करोड राजश्व आम्दानी भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१