एकैचोटी गर्भवती भए १६ नर्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७५, बुधबार ११:३२

अमेरिका- मीसास्थित डिजर्ट मेडिकल सेन्टरको आईसीयूमा १६ नर्स काम गर्छन् । तर अचम्मको कुरा के छ भने यी सबै नर्स गर्भवती भएका छन् ।उनीहरुले अक्टोबरदेखि जनवरीसम्मको अवधिमा बच्चालाई जन्म दिने बताइएको छ । यसले अस्पतालको व्यवस्थापनमा समस्या आउने भएको छ । हाल अस्पतालले बिरामीको रेखदेखमा असर नपरोस् भनेर नर्सहरुलाई उनीहरुको कामकाजको बारेमा बुझाउन थालेको छ । केही समय अगाडि उनीहरुले एक एक गरेर गर्भवती महिलाका लागि बनेको अस्पतालको फेसबुक ग्रुप च्याटमा आबद्ध भएपछि यसको खुलासा भएको हो ।अस्पतालका निर्देशक हिथर फ्रान्सिसले नर्सलाई छुट्टीमा पठाउनका लागि तयारी भइरहेको बताएका छन् । फ्रान्सिसका अनुसार आईसीयूमा काम गर्ने सयममा उनीहरुलाई संक्रमणको खतरा भएको छ । यस्तो अवस्थामा उनीहरुलाई लगातार जाँच गरिरहेको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१