च्याउले बजार नपाउँदा लाखौँ रुपैयाँ घाटा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७५, बुधबार ०९:५७

रोल्पा। आयआर्जनका लागि उत्तरी रोल्पाको वीर बलभद्र माध्यमिक विद्यालय थवाङले उत्पादन गरेको च्याउखेती बजार अभावका कारण कुहिँदा क्षति ब्यहोर्नुपरेको छ।

सो विद्यालयले आन्तरिक आयस्रोत वृद्धि गर्न, शिक्षालाई व्यवहारिक एवं प्रयोगात्मक बनाउन बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी परिचालन गरी च्याउखेती थालेको हो । सो खेती गर्न विद्यालयले रु ३ लाख लगानी गरेको बताइएको छ।

दैनिक २५ देखि ५० किलोसम्म उत्पादन दिन थाले पनि स्थानीय बजारमा च्याउ थोरै बिक्री भएको छ । जिल्लाका साना ठूला बजार खोजिएको तर वर्षात्का कारण सडक अवरुद्ध हुँदा अन्यत्र पठाउँन सकिएको छैन । च्याउको बजार मूल्य सदरमुकाम लिवाङमा प्रतिकिलो रु ४०० रहे पनि थवाङमा भने रु १५० मा दिँदा समेत बिक्री हुन नसकेको स्थानीयले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१