सन्दीप लगातार चम्किएपछि ठूला क्रिकेटर अचम्ममा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७५, बुधबार ०९:४४

काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा क्रिकेटर सन्दीप लामिक्षानेले आफ्नो उत्कृष्ट प्रर्दशन जारी नै राखेका छन् । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा उनले २ विकेट लिए ।

सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सले सेन्ट लुसिया स्टारर्सलाई ७ विकेटले पराजित गर्दा सन्दीपले २ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ महत्वपूर्ण विकेट लिएका थिए । स्टार्सको टोली १३ अौं ओभरमा ६९ रन जोड्दै अलआउट भएको थियो ।

सन्दीपले आफ्नो तेस्रो बलमा डेविड वार्नरलाई १४ रनमा क्याचआउट गराए । उनकै दोस्रो ओभरको चौथो बलमा सर्वाधिक २४ रन बनाएका काइस अहमद स्टम्पिङ आउट भएका थिए । स्टार्सका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सन्दीपको टोलीबाट सेल्डन कटरेलले ३ तथा महमुदुल्लाहले २ विकेट लिए ।

जवाफमा प्याट्रियट्सले ८ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । डवोन थोमसले २१ बलमा नटआउट ३८ रन जोडेपछि जित सहज भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१