स्वयंवरमा प्रियंकाले किन बोलाइनन् दीपिकालाई ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७५, बुधबार ०९:३८

काठमाडौं ।  बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउड अभिनेता तथा गायक निक जोनससँग स्वयंवर गरेकी छिन् । अब यी दुईबीच बिहे हुने पक्कापक्की भएको छ । प्रियंकाले आफ्नो स्वयंवर पार्टीमा व्यापारी मुकेश अम्बानीदेखि सलमान खानकी बहिनी अर्पिता खान र सुपरस्टार रणवीर सिंहलाई पनि बोलाएकी थिइन् ।

तर, पार्टीमा रणवीर सिंह भने देखिएनन् । रणवीर पार्टीमा उपस्थित नभएपछि उनी नआउनुको कारण धेरैले जान्न खोजेका थिए । भारतीय मिडियाका अनुसार प्रियंकाले रणवीरकी प्रेमिका अर्थात् हुनेवाली श्रीमती अभिनेत्री दीपिका पादुकोणलाई पार्टीमा बोलाएकी थिइनन् । नयाँ पत्रिकामा खबर छ ।

त्यही कारण रणवीर पनि पार्टीमा सहभागी नभएको बताइएको छ । दीपिका पनि प्रियंकाकी मिल्ने साथी नै हुन् । तर, पार्टीमा उनलाई किन बोलाइएन, यो धेरैका लागि चासोको विषय बनेको मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१