प्रेमीलाई भन्न नहुने कुराहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ भाद्र २०७१, बिहीबार १४:१५

यदि तपाईं मायामा हुनुहुन्छ भने दुबैले उत्तिकै प्रेम र सम्मान देखाउन अत्यावश्यक हुन्छ । प्रेमिका भएका कारण स्वतन्त्रता महसुस गरेर तपाईंले आफ्नो प्रेमीसंग धेरै कुरा गर्नुभएको हुन सक्छ तर यहाँ यस्ता कुराहरु पनि हुन्छन् जसलाई नभन्दा नै बेश हुन्छ । तपाईंको पुरुष संसारकै बिन्दास मानिसमा गनिएपनि, उहाँले केहि यस्ता कुराहरु तपाईंको मुखबाट सुन्न चाहनुहुन्न जब कि त्यो कुरामा सत्यता छ भने पनि ।
यहाँ ती वाक्यहरु उल्लेख गरिएका छन् जसलाई महिलाहरुले जानेर होस् या नजानेर उच्चारण गर्नाले झगडा उत्पन्न हुने गर्दछ ।

कस्तो आमाको छोरो :

धेरै जस्तो पुरुषहरु आफ्नो आमा जस्तै भएपनि उनीहरु त्यस्तो भनेको सुन्न सक्दैनन् विशेषगरि तपाईंबाट । तपाईंको कुनै बानी उहाँको आमासँग मिल्छ भने ती बानीहरुलाई उहाँले प्रशंसा गर्नुहोला तर यस्तो कुरा उहाँलाई भन्नुभयो भने त्यसले ठूलो समस्या निम्त्याउँछ । श्वेता रघुराम, एक विद्यार्थी भन्छिन्, ‘उहाँले धेरै पटक मेरो संरक्षण गर्ने बानी उहाँको आमाको जस्तै छ भनेर प्रशंसा गनुहुन्थ्यो । जब एकदिन मैले उहाँलाई आमाको चम्चा भने तब त्यो दिन संसार हल्लिने गरि कराउनुभयो । सबै मानिसहरु आफ्नो आमाको कुरामा भावुक हुन्छन् । तसर्थ, कुराकानीका क्रममा उहाँको आमालाई बिचमा नल्याउनुहोस् । यदि यसो गर्नु भयो भने तपाईंले आफ्नो सम्बन्धको हत्या गर्दै हुनुहुन्छ ।

हे भगवान्, तिम्रा साथीहरु :

होला, तपाईंको प्रेमीले तपाईंलाई धेरै नै माया गर्नुहुन्छ होला तर उहाँको साथीहरु र खेलभन्दा चाँहि अलि कम । त्यसैले जब उहाँले तपाईंलाई साथीहरुसंग भेट्दा संगै बसेर पिउँदै रमाईलो गरेको कुरा सुन्दा रिस उठ्छ । तर आफूलाई रिस उठेको कुरा चाँहि कहिले नगर्नुहोला । उहाँले न त तपाईंलाई साथीहरुमाथी औंला ठडाएको हेर्न चाहनुहुन्छ न त साथीहरुको प्रशंसा गरेको नै । विवाहित वा अविवाहित दुबै पुरुष साथीलाई छोडेर तपाईंको पछि लाग्छन् भन्ने आशै नगर्नुस् ।

तपाईं जहिले यस्तै हो :

याद राख्नुस् उहाँको कुनै कुराले आकर्षित गरेर नै उहाँ तपाईंको प्रेमी हुनुभएको हो । शारिरिक सुन्दरताले मात्र तपाईंलाई उहाँसम्म तानेको होइन । एक अर्का प्रतिको सम्मानले नै सम्बन्धलाई राम्रो आकारमा राख्छ ।

हामीले कुरा गर्नुपर्छ :

ओहो फेरि । यो तीन शब्दले पक्कै पनि उहाँको पारो तताउँछ । हामीले कुरा गर्नुपर्छ भन्नाले सम्बन्धमा केहि गड्बडी छ । पुरुषहरुलाई नाटक मन पर्दैन, यदि कुरा गर्नु नै छ भने सिधा कुरा गनुहोस् । तसर्थ यस्तो शब्द प्रयोग गर्नुको साटो उहाँलाई कफीको लागि भेट्न भन्नुस् र त्यहि बेला आफ्नो मनको कुरा भन्नुस् ।

मेरो भुतपूर्वले यस्तो गर्दैनथ्यो :

तुलना गर्दै नगर्नुस् । यो एक संवेदनशील कुरा हो जसलाई नखोतल्दा नै राम्रो । तपाईंको भुतपूर्वको बारेमा जानकारी पाउँदा नै उहाँलाई चोट परिसकेको छ त्यर्सले पूर्व प्रेमीलाई अहिलेको सम्बन्धमा ल्याउनु भनेको झगडा निम्त्याउनु हो । आफ्नो प्रेमीलाई पूर्व प्रेमीसंग तुलना गर्दा उनीहरुको अहंकारमा धक्का लाग्छ र तपाईंलाई राम्रोसंग थाहा छ पुरुषहरु कस्ता हुन्छन् भनेर । आफ्नो प्रेमी जस्तो हुनुहुन्छ त्यहि बानीको कदर गर्न सिक्नुहोस् जसले गर्दा तपाईंको सम्बन्ध सुमधुर बन्नमा मद्दत गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१