प्रियंका र निकको इन्गेजमेन्ट पार्टी भारतमै, परिवारका लिएर निक भारत आउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७५, शुक्रबार १०:४५

भारतीय ।  बलिउड अभिनेत्री प्रियंका चोपडाको इन्गेजमेन्ट पार्टी भारतमै हुने भएको छ । प्रियंकाको इन्गेजमेन्टको क्रममा सबै परिवारका साथ धेरै समय बिताउन नपाएका कारण निक तथा उनको परिवार भारत आउने भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार यही अगष्ट १८ तारिखमा प्रियंका चोपडाले इन्गेजमेन्टको खुशियालीमा भब्य पार्टीको आयोजना गर्न लागेकी छिन् ।

यही पार्टीमा प्रियंका र निकका परिवारले उनीहरुको विवाहको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । केही दिन अगाडि अभिनेत्री रविना टण्डनले निकले प्रियंकालाई इन्गेजमेन्टमा लगाइदिएको औंठी सहितको फोटो शेयर गरेकी थिइन् । उक्त औंठीको मुल्य २ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ ।

प्रियंका भारतीय परम्परा अनुसार नै विवाह गर्न चाहान्छिन् । सबैकुरा योजना अनुरुप भएमा प्रियंका छिट्टै नै निक जोनकी बेहुली बन्नेछिन् । केही दिन अघि निकले प्रियंकाका साथ परिवार बसाल्न चाहेको कुरा पनि बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१