ज्यानमारा रुख ! यसबाट टाढै रहनु बेस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७५, बुधबार ०५:२९

काठमाडौं। प्रकृतिको हरियाली सबैलाई प्यारो लाग्छ । अझ गर्मीमा हरियो रुखको छहारीमा बस्न कसलाई मन लाग्दैन र ? तर केही रुख यति खतरनाक हुन्छन्, जसको छेउछाउमा पुग्नु पनि मानिसका लागि मृत्युको कारण बन्न सक्छ ।

सामान्य रुख झै देखिने ‘सरबेरा ओडोलम’ ज्यानमारा रुख मानिन्छ । हेर्दा सुन्दर लाग्ने यो रुखले मानिसलाई स्वाभाविक रुपमा आकर्षित गर्छ तर यो रुख यति खतरनाक हुन्छ कि, यसको सम्पर्कमा पुग्ने मानिसको ज्यान जोखिममा पर्दछ ।

यो रुखकै कारण प्रत्येक हप्ता कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको बताइन्छ ।

यो रुख निकै विषालु हुन्छ । वैज्ञानिकहरुका अनुसार विश्वमै पाइने विषालु रुखमध्ये यो सर्वाधिक खतरनाक हो ।

यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । यसले हृदयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जसका कारण मानिसको मृत्यु हुन्छ ।

वैज्ञानिकहरुका अनुसार यो रुखमा पाइने विष मानिसको शरीरमा प्रवेश गरेमा कुनै विषालु इन्जेक्सनसरह मानिसका लागि मृत्युको कारण बन्दछ ।

यो रुख भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाइन्छ । (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१