एजेन्सी -प्रियंका चोपडा र निक जोनासको इन्गेजमेन्ट साथै दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति पछिल्लो समय बलिउडमा चर्चामा रहेको छ ।विवाहको चर्चा त्यतिबेला भयो जब सन् २०१८ को सुरुवातमा उनीहरुको इन्गेजमेन्टको खबर आएको थियो । त्यतिबेला नै दीपिका र रणबीरको चाँडै विवाह हुन्छ भन्ने सबैले अनुमान गरियो । भारतिय मिडियाका अनुसार यी दुईले नोभेम्बर २० तारिखमा विवाह गर्ने बताइएको थियो । यसबारे बलिउडका चर्चित नायक कबिर बेदीले ट्वीट गरेर यी दुईको विवाहको मितिबारे तय गरेका हुन् ।रणबीर र दीपिकाका लागि विशेष हुने भएकाले सो विवाह इटालीमा गरिने बताइएको छ ।विवाहमा आफ्नो नजिकका परिवार र केही साथीलाई मात्र गरी ३० जनालाई निम्तो जाने बताइएको छ ।यस अघि अनुष्का र विराट कोहलीको बिहे पनि इटालिमा नै भएको थियो ।
भारतिय मिडियाका अनुसार बलिउडमा हाल प्रियंका चोपडा र निक जोनासको इन्गेजमेन्ट साथै दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति ब्यापक चर्चामा छ ।विवाहको चर्चा त्यतिबेला भयो जब सन् २०१८ को सुरुवातमा उनीहरुको इन्गेजमेन्टको खबर आएको थियो । त्यतिबेला नै दीपिका र रणबीरको चाँडै विवाह हुन्छ भन्ने सबैले अनुमान गरिएको थियो ।केही समय अघिको रिपोर्ट अनुसार यी दुईले नोभेम्बर २० तारिखमा विवाह गर्ने बताइएको थियो । यसबारे बलिउडका चर्चित नायक कबिर बेदीले ट्वीट गरेर यी दुईको विवाहको मितिबारे पनि कन्फर्म गरेका छन् ।फिल्मफेयरको रिपोर्ट अनुसार रणबीर र दीपिकाका लागि विशेष हुने भएकाले सो विवाह इटालीमा गरिने भएको छ ।विवाहमा आफ्नो नजिकका परिवार र केही साथीलाई मात्र निम्तो पठाउने तयारी गरिएको छ ।
प्रतिक्रिया