अमेरिकी पत्रकारको टाउको काटिएको जिहादीको दाबी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ भाद्र २०७१, बिहीबार ०६:२७
वासिङ्टन –  जिहादी समूह इस्लामिक स्टेटले मङ्गलबार अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गरिएको देखिने भिडियो सार्वजनिक गरेको छ र अमेरिकाले इराकमा हवाई आक्रमण नरोकेमा अर्का एक पत्रकारको पनि हत्या गर्ने चेतावनी दिएको छ । इस्लामी समूहले सार्वजनिक गरेको भिडियोमा टाउको छोपिएका एक लडाकूले फोलीजस्ता देखिने पुरुषको घाँटी काटेको देखाइएको छ । फोलीलाई सन् २०१२ को नोभेम्बरमा सिरियामा अपहरण गरिएपछि उनी हराएका छन् ।
यसरी बन्धनमा पारिएका अर्का अमेरिकी पत्रकार स्टिभन सटलफ रहेको छ र उनलाई जिउँदो रूपमा देखाइएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले जिहादी समूहमाथि हवाई आक्रमण रोक्न आदेश दिने कुरामा उनको भाग्य भर पर्ने चेतावनी दिइएको छ । फोलीका आमा डायनाले फेसबुकमा समर्थकहरूलाई आफूहरू आफ्ना छोराप्रति गौरब गर्ने तथा उसले सिरियाली जनताको पीडा विश्वसामु उदाङ्गो पार्ने प्रयासमा आफ्नो जीवन गुमाएको बताएका छन् । उनले बन्धक बनाइएका बाँकी व्यक्तिलाई रिहा गरिदिन अपहरणकर्ताहरूलाई आग्रह गरेका छन् ।
#robbwood1
उनले जिमजस्तै अन्य व्यक्तिको इराक, सिरिया वा विश्वका अन्य भागमा अमेरिकी सरकारको नीतिमा कुनै नियन्त्रण नभएको बताएका छन् । ह्वाइट हाउसले अमेरिकी गुप्तचरहरूले उक्त भिडियोमा अध्ययन गरिरहेको र राष्ट्रपति बाराक ओबामालाई यस विषयमा जानकारी दिइएको उल्लेख गरेको छ । राष्ट्रपति ओबामा बिदा मनाउन वासिङ्टनबाट मार्थाज भाइनयार्डतर्फ गएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता केटलिन हेडनले एक निरपराध अमेरिकी पत्रकारको क्रूर हत्याबाट आफूहरू त्रस्त भएको र मृतकको परिवार तथा मित्रहरूप्रति गहिरो समवेदना प्रकट गर्ने बताए ।
फोली अनुभवी पत्रकार थिए र उनले सिरिया जानुपूर्व लिबियामा युद्धको समाचार सङ्कलन गरेका थिए । सिरियामा राष्ट्रपति बसार अल–असादको शासनको विरुद्ध विद्रोह भएपछि उनी त्यहाँ पुगेका हुन् । उनले ग्लोबलपोस्ट, एजेन्स फ्रान्स प्रेस तथा अन्य आमसञ्चारलाई समाचार उपलब्ध गराए । ग्लोबलपोस्टका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकारी फिलिप बालबोनीले जोन तथा डानी फोली तथा ग्लोबलपोस्टको तर्फबाट जिमको सम्भावित हत्याका समाचार आएपछि प्राप्त भएका समवेदना तथा समर्थनका सन्देशहरूलाई आफूहरूले गहन रूपमा स्वीकार गरेको बताएका छन् ।
जेम्सले बहादुर, स्वतन्त्र, निष्पक्ष पत्रकारको रूपमा सिरियाको डलरलाग्दो युद्धको समाचार सङ्कलन गरेको र २०१२ को नोभेम्बरमा उनलाई अपहरण गरिएको एएफपीका अध्यक्ष एमानुएल हुगले बताएका छन् । उनले जेम्सले एएफपी तथा अन्य आमसञ्चारका लागि गरेको कामका लागि व्यापक रूपमा सराहना गरिएको बताए । उनले जेम्सलाई पक्राउ गर्ने र उनको ज्यान जोखिममा पार्ने कुराको कुनै औचित्य नभएको बताएका छन् । प्रत्यक्षदर्शीहरूले फोलीलाई सिरियाको इडलिब प्रान्तबाट २०१२ को नोभेम्बर २२ मा अपहरण गरिएको बताएका छन् । गत वर्ष अपहरणमा परेका सोटलफको समाचार व्यापक रूपमा प्रयोग भएका छन् ।
उनले टाइम, फोरेन पोलिसी तथा द क्रिस्चियन साइन्स मनिटर जस्ता अनेकौ अमेरिकी समाचारपत्र तथा पत्रिकालाई समाचार उपलब्ध गराएका छन् । फोलीको हत्या एक खुला मरुभूमिमा गरिएको छ र यस्तो कार्य बेलायती उच्चरण भएको अङ्ग्रेजी भाषीले गरेको देखिएको छ । यी व्यक्तिको टाउको छोपिएको छ । फोलीलाई जमिनमा घुँडा टेकेका अवस्थामा देखाइएको छ र उनले गुआन्टानामो बेमा अमेरिकी नौसैनिक केन्द्रमा बन्दीले लगाउने जस्तो लुगा लगाएको देखाइएको छ । हत्याराले इस्लामी स्टेटमाथिको कुनै पनि आक्रमण मुसलमान माथिको आक्रमण भएको ठानिएको र सबै स्थानका मुसलमानले खलिफात तथा त्यसका नेतृत्वलाई स्वीकार गरेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१