कमेडियन किंग भनिने कपिल शर्मा लाइमलाइटबाट टाढा छन् । पछिल्ला थुप्रै दिनदेखि कपिल शर्माबारे कुनै खोज खबर थिएन । यद्यपी, बीचबीचमा उनका केही तस्बिर सोसल मिडियामा आउने गरेको छ । मिडिया रिपोर्ट अनुसार कपिल शर्मा अक्टोबरबाट टेलिभिजनमा फिर्ती हुँदैछन् ।
डीएनएको रिपोर्ट अनुसार ग्रिसमा प्रेमिका गिन्नीसँग बिदा मनाइरहेका कपिल शर्मा चाँडै नै फिर्ता हुने योजनामा छन् ।कपिलको आजकाल अत्यधिक तौल बढेको छ । यो कम गर्नका लागि उनले चाँडै नै ट्रेनरको सहयोग लिने बताइएको छ ।
सोसल मिडियामा प्रशंसकसँग च्याट गर्ने क्रममा कपिलले आफू चाँडै नै कमब्याक गर्ने बताएका थिए र अहिले आफ्नो रुटिन ठिक गर्ने कोसिस गरिरहेको पनि बताएका थिए ।
प्रतिक्रिया