विमान पूर्ण रुपमा धोस्त, १२ बर्षीय बालक मात्र भाग्यले बाचे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७५, मंगलवार ०५:३६

बिबिसी। ईण्डोनेशियामा आठ जनाको ज्यान जानेगरी भएको एउटा विमान दुर्घटनाको भग्नावशेषमा एकजना १२ वर्षीय बालक जीवितै फेला परेका छन् ।

घटनास्थलबाट प्राप्त तस्वीरहरूमा ती बालक होसमा रहेको र क्यामरामा हेरिरहेको देख्न सकिन्छ । पपुआ न्यू गिनीसँगको सीमानजिकै रहेको एउटा पहाडी क्षेत्रमा आइतवार बिहान विमानको भग्नावशेषसँगै उनी फेला परेका हुन् ।

स्वीट्जरल्याण्डमा निर्मित पिलाटुस विमानको उडिरहेको अवस्थामै, एउटा विमानस्थलमा अवतरण गर्नु केही बेरअघि, शनिवार दिउँसो एअर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो ।भाडामा हवाईजहाज उपलब्ध गराउने निजी कम्पनी डिमोनिम एअर टन्ना मेरा भन्ने स्थानबाट ४० मिनेट दक्षिणतर्फ पपुआ प्रान्तमा रहेको ओक्सिबिलतर्फ उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

उक्त विमानमा दुईजना चालकदलका सदस्यसहित ९ जना सवार थिए। उक्त दुर्घटनाको कारणबारे छानबिन थालिने अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१