फिल्ममा डेब्यु नहुँदै स्टार बनिन् सेफ अली खानकी छोरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०७५, सोमबार ०४:५०

एजेन्सी । सेफ अली खान र अमृता सिँहकी छोरी सारा अली खान छिट्टै चलचित्रमा डेब्यु गर्ने तयारीमा छन्। तर बलिउड चलचित्रमा डेब्यु अगाडि नै सारा स्टार बनेकी छन्।

स्टार बन्नासाथ साराको समय पनि व्यस्त हुन थालेको छ। यहि कारण अगष्ट १२ का दिन सारा आफ्नो परिवार र साथीहरुसँग बर्थ डे नमनाईकन बजाज डान्स रिहर्सल गर्दै मनाएको खबर सार्वजनिक भएको छ। सारा छिट्टै फिल्म केदारनाथ र रणवीर सिंहको फिल्म सिम्बामा देखिन लागेकी छन्।

सारा अली खान धेरैजसो भारतीय पहिरनमा देखिन्छिन् । तर यतिबेला उनका बालापनका तस्विर सोसल मिडियामा भाइरल भएका छन्। सेफ अली खान र अमृता सिंहले सम्बन्ध विच्छेद गरिसकेका छन् तर सारा भने दुवैसँग निकै नजिक छन्। सारा हेर्दा आफ्नै आमा अमृता जस्तै शुन्दर छन्।

फिल्म क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिला साराले आफ्नो पढाई सकेकी छन् भने आफ्नो तौल पनि निकै घटाएकी छन्। साराको डेब्यु चलचित्रलाई लिएर सेफ र अमृता दुवै सर्तक छन्। पछिल्लो पटक उनको चलचित्र केदारनाथमा आएको विवाद पनि सेफ आफैँले मिलाएका थिए।

सारा अली खान र कान्छी आमा करिना कपूरको पनि सम्बन्ध निकै राम्रो रहेको बुझिएको छ। यहि कारण फिल्ममा साराको मेकअपका लागि करिनाले आफ्नै पर्सनल मेकअप आर्टिस्ट पठाएकी छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१