प्रभु ग्रुपले ल्यायो ‘प्रभु पे’ डिजिटल वालेट,नियमित ग्राहकलाई १० लाखको दुर्घटना बीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ श्रावण २०७५, शुक्रबार १३:२७

काठमाडौं । प्रभु ग्रुपले ‘नेपालमा बालेट अब मोबाइलमा’ भन्ने नारा सहित प्रभु पे नामक डिजिटल वालेटको सुरुवात गरेको छ। उक्त वालेटको उद्घाटन बिहीबार एक कार्यक्रमका बीच ग्रुपका अध्यक्ष देबीप्रकाश भट्टचनले गरेका हुन् ।

यसको सेवा लिने ग्राहकको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा हुने कम्पनीले जनाएको छ। प्रभु पे डिजिटल वालेट आफ्नो मोबाइलमा डाउनलोड गरेपछि पैसासँग सम्बन्धित सम्पुर्ण कार्यहरु त्यसैबाट गर्न सकिन्छ भने यस एपमा आफ्नै अलग्गै च्याट गर्न मिल्ने सुबिधा पनि रहेको छ।
साथै एक ग्राहकले अर्को ग्राहकललार्इ यस्तो एप रिफर गरेमा वालेटमा ३० रुपैयाँ व्यालेन्स थप्ने अफर पनि ल्याइएको छ

प्रभु समुहले बैंक, बीमा, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभि, सुचना प्रविधि र व्यवस्थापन सम्वन्धी विभिन्न कम्पनी मार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१