शान्ति सैनिकहरु इबोला भाइरसबाट सुरक्षित : नेपाली सेना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७१, बुधबार १७:११

काठमाडौँ ,४ भाद्र । शान्ति सेनामा खटिएका नेपाली सैनिकहरु इबोला भाइरसबाट सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार विज्ञप्ति जारी गरी इबोला भाइरस संक्रमित अफ्रिकी मुलुकबाट फिर्ता हुने शान्ति सैनिकहरुको स्वास्थ्य परिक्षण शुरु गरेको र प्राणघातक इवोला भाईरसको संक्रमण नफैलियोस् भन्नेमा नेपाली सेना अति नै संवेदनशिल र सजग रहेको बताएको छ ।coas02

इबोला संक्रमित मुलुकहरुमा काम सकेर स्वदेश फिर्ता भएका एक सैनिकलाई निगरानीमा राखिएको र हालसम्म उनमा कुनै संक्रमण नदेखिएको सेनाले जनाएको छ । इबोला भाइरसको संक्रमण नभएको पुष्टि भए पश्चात डिउटीमा पठाउने व्यवस्था मिलाइएको छ ।

शान्ति सैनिकहरुलाई मिशनमा तैनाथ हुनु पूर्व प्रदान गरिने प्रि-डिप्लोयमेन्ट तालिममा समेत बिशेषज्ञ डा. अधिकृतबाट इवोला भाइरस सम्बन्धि कक्षा संचालन गरिएको छ ।

साथै भाइरसका संक्रमण तथा रोकथामका उपायहरु सम्बन्धमा मिशनमा तैनाथ शान्ति सैनिकहरुलाई परिपत्र गरिएको छ ।

प्रतिक्रिया