अर्बपति नीता अम्बानीको विलासी जीवनशैली, ५ लाखको कपमा पिउँछिन् चिया

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ श्रावण २०७५, शुक्रबार ११:३६

एजेन्सी। रिलायन्स इण्डष्ट्रिजका सुरुवातकर्ता धीरुभाइ अम्बानीको आज ८५ औं जयन्ती मनाइँदैछ । यस अवसरमा हामीले अम्बानी परिवारकी बुहारी नीताका केही खास कुराहरु बताउँदैछौं । नीता अम्बानीले एक अन्तरवार्तामा आफ्नो सोखको बारेमा बताएकी थिइन् ।

अन्तरवार्तामा उनले भनेअनुसार नीताले आफ्नो दिनको सुरुवात जापानका बनेको पुरानो क्रकरी ब्राण्डको नोरिटेक कपमा चिया पिएर गर्छिन् । नोरिटेक क्रकरीको खास विशेषता यो हो कि यसमा सुनको किनारा छ र यसको ५० पिसको सेटको मूल्य झण्डै अढाइ करोड नेपाली रुपैयाँ पर्छ । अर्थात यो एउटै कपको मूल्य झण्डै ५ लाख रुपैयाँ पर्न जान्छ । नीता ब्राण्डेड हातेघडीकी पनि शौखिन हुन् । उनको वाच कलेक्सनमा बुल्गारी, राडो, कार्टियर, गुची, कल्भिन क्लिन र फोसिलजस्ता ब्राण्डहरु छन् । यी ब्राण्डका घडीहरुको मूल्य अढाइदेखि ३ लाख नेपाली रुपैयाँबाट सुरु हुन्छ ।

उनका गहना त हिराका हुन्छन् नै उनको ब्याग पनि हिराजडित हुन्छन् । संसारका सबैभन्दा महंगा ब्राण्ड चनेल, गोयार्ड, जिम्मी चु केरीजस्ता ब्राण्ड उनी प्रयोग गर्छिन् । नीतालाई स्टाइलिश जुत्ता निकै मन पर्छन् । एक अंग्रेजी अखबारका अनुसार नीताले कपडा र जुत्ता कहिल्यै पनि दुई पटक लगाउँदिनन् । उनीसँग पेड्रो, गार्सिया, जिम्मी चु, पेलमोडा, मार्लिन ब्राण्डका जुत्ता र सेण्डिल छन् । यी सबैब्राण्डको मूल्य झण्डै डेढ लाखबाट सुरु हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१