हवाई दुर्घटनामा मृत्यु भए परिवारले डेढ करोड पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ श्रावण २०७५, शुक्रबार ०५:३३

काठमाडौं।  अब अन्तर्राष्ट्रिय रुटमा यात्रा गर्ने नेपाली हवाई यात्रुहरुको मृत्यु भए बिमा बापत १ लाख ५८ हजार ३ सय ४० अमेरिकी डलर अर्थात करिब १ करोड ६० लाख रुपैयाँ भन्दा बढी पाउने भएका छन् ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ)  को मन्ट्रियल महासन्धी १९९९ लाई अनुमोदन गरेपछि नेपालीहरुको हवाई बिमाको न्यूनतम रकम बढ्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट पारित भएर प्रतिनिधि सभामा अनुमोदनका लागि दर्ता भएको उक्त महासन्धिअनुसार नेपाली यात्रुको विमा रकम बढ्ने छ ।

संसदले अनुमोदन गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओमा औपचारिक रुपमा दर्ता गराएपछि नेपाली एयरलाइन्स, नेपालमा उडान गर्ने एयरलाइन्स सबैले नेपाली यात्रुको विमा रकम बढाउनुपर्ने हुन्छ ।

उक्त महासन्धिले न्यूनतम अनिवार्य बिमा दायित्वको रकम सीमा तोको छ । जसअनुसार दुर्घटनाबाट यात्रुको मृत्यु, चोटपटक लागेमा १ लाख १३ हजार १ सय एसडिआर(अन्तर्राष्ट्रिय मुद्रा कोषको मौद्रिक इकाइ)  रहेको छ । यो भनेको १ लाख ५८ हजार ३ सय ४० अमेरिकी डलर बराबरको रकम हो ।

नेपाल अहिलेसम्म वार्सा महासन्धी र हेग प्रोटोकल अन्तर्गत रहेको र यसमा बिमा दायित्व २० हजार अमेरिकी डलर मात्र रहेको छ । संसदमा दर्ता भएको उक्त महासन्धिले उडान विलम्बको क्षतिपुर्ति, ब्यागेजको नोक्सानी तथा कार्गो नोक्सानीको क्षतिपूर्ति पनि तोकेको छ। जसमा व्यागेजको नोक्सानी भएमा १ हजार १ सय ३१ एसडिआर अर्थात् १५ सय ८३ अमेरिकी डलर क्षतिपुर्ति यात्रुले पाउने छन् ।

त्यस्तै एयरलाइन्सको कारणले यात्रा ढिला भएमा एउटा यात्रु बराबर ४ हजार ६ सय ९४ एससडिआर ९६ हजार ५ सय ७१ डलर० क्षतिपुर्ति एयरलाइन्सले तिर्नुपर्ने छ । दक्षिण एसियाली मुलुकमा भारत, पाकिस्तान, माल्दिभ्स पक्ष राष्ट्र भइसकेका छन् भने चीनले पनि यसलाई अनुमोदन गरिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१