पुरुषले यदि दैनिक बिहान खालीपेट लसुनको एक पोटी खान्छन् भने यसले थुप्रै रोगको उपचारमा मद्दत मिल्दछ। वास्तवमा लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् । यसले थुप्रै स्वास्थ्य समस्यबाट बचाउन मद्दत गर्दछ । राजस्थान आयुर्वेदिक युनिभर्सिटीका सहायक प्राध्यापक डा. अरु दधिचले पुरुषले लसुन खानुका सात फाइदाबारे जानकारी दिएका छन् ।
१. लसुनमा सेलेनियम हुन्छ । यसले बाँझोपनबाट जोगाउँछ ।
२. यसमा एन्टिब्याक्टेरियल गुण हुन्छन् । यसले सास र मुखको दुर्गन्ध हटाउँछ ।
३. लसुनमा प्रोटिन हुन्छ । यसले सुगठित शरिर पाउन सहयोग पुर्याउँछ ।
४. यसमा कार्बोहाइड्रेट हुन्छ । यसले कमजोरी भगाउँछ । शरिरले ऊर्जा पाउँछ ।
५. लसुनमा क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउँछ ।
६. यसमा हुने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीब्र हुने गर्दछ । यसले तौल नियन्त्रणमा रहन्छ ।
प्रतिक्रिया