नेपालका पाँच तारे होटलमा एकरात बसेको कति लाग्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७५, बुधबार १३:०४

काठमाडौं।  धेरैलाइ चासो हुन सक्छ नेपालको पाँच तारे होटलमा एकरातको कति रकम तिर्नुपर्छ रु तर तपाइ हामीले सोचे जस्तो महंगो भने छैन। नेपालको पछिल्लो समय पाँच तारे होटल क्रम समेत बढेको छ ।

हाल नेपालमा १० वटा पाँच तारे होटल रहेको भएपनि दुईवटा बन्द रहेको छ । नेपाल भ्रमणमा आउने पर्यटक मध्ये धेरै खर्च गर्न सक्ने पर्यटकको बसाई प्रायः पाँच तारे होटलमै हुने गरेको छ ।

पछिल्लो समय नेपालीहरु पनि कार्यक्रमहरु पाँच तारे होटलमा बढी गर्ने गरेका छन् । सुविधा सम्पन्न पाँच तारे होटलमा एक रातको कति मूल्य पर्छ भन्ने चासो सवैमा हुने गरेको छ । पाँच तारे होटल जस्तै बढी लगानी गरेर खोलिएका सुविधा सम्पन्न रिसोर्टहरु महंगा र सुविधायुक्त रहेका छन् । यी हुन सुविधासम्पन्न पाँच तारे होटल स्

क्राउन प्लाजा काठमाडौं सोल्टीस् नेपालमा सवैभन्दा राम्रो र सुविधासम्पन्न पाँचतारे होटलको सूचीमा रहेको क्राउन प्लजा सोल्टी काठमाडौंको कालीमाटीमा रहेको छ । नेपालमा आउने ठूला भीभीआइपीहरु बस्नको लागि बढी प्रयोग हुने उक्त होटलमा विश्वमा पाइने सवै प्रकारका सेवा सुविधाहरु रहेका छन् ।

धेरैलाई लाग्न सक्छ त्यहाँ बस्न सकिदैन । तर सोल्टी होटलमा पनि एकरातको १३ हजार ३ सय ४५ रुपैयाँ तिर्ने हो भने बस्न सकिन्छ । सवैभन्दा सस्तो रुम १३ हजा ३ सय ४५ बाट सुरु हुने उक्त होटलमा ५० हजार पर्ने रुमसमेत रहेको छ ।

साँग्रिला होटल काठमाडौंस् काठमाडौंको लाजिम्पाटमा रहेको साँग्रिला होटल पाँच तारे सुविधासम्पन्न होटल हो । सदाबाहार पर्यटकले भरिभराऊ हुने उक्त होटल पनि सवै प्रकारका सुविधाहरु पाउन सकिन्छ । साँग्रिला होटलमा एकरातको १२ हजार ५ सय ५६ रुपैयाँ प्रतिरातको तिर्नुपिर्ने हुन्छ ।

होटल एक एन्ड यतिस् काठमाडौंको दरबार मार्गमा अवस्थित होटल याक एन्ड यति होटल चर्चित पाँच तारे होटल हो । सवै सेवा सुविधासम्पन्न होटल पर्यटकले सदाबहार भरिभराऊ हुने गर्दछ । होटलमा पर्यटकले १३ हजार ५ सय ६४ रुपैयाँ रुम पाउने छन् ।

¥याडिसन होटल काठमाडौंस् लाजिम्पाट स्थित ¥याडिसन चेन होटल हो । सवै सेवा सुविधासम्पन्न रहेको उक्त होटलमा पर्यटकको लागि १२ हजार १ सय १८ रुपैयाँ पर्दछ ।

हायत रिजेन्सी होटल, काठमाडौंस् हायत रिजेन्सी होटल काठमाडौंको बौद्धमा रहेको छ । पर्यटकको लागि एक रातको १८ हजार ६ सय ९७ रुपैयाँ पर्दछ । नेपालकने लक्जरी होटलको सूचीमा रहेको हायत रिजेन्सी पनि चेन होटल हो ।

होटल अन्नपूर्ण काठमाडौंस् दरबार मार्गमा रहेको होटल अन्नपूर्ण होटल पाँच तारे होटल हो । सुविधासम्पन्न उक्त अन्नपूर्ण होटलमा पर्यटकलाई एकरातको १२ हजार ९ सय ७१ रुपैयाँ रहेको छ ।

होटल मल्ल स् काठमाडौंको ठमेलमा रहेको पाँच तारे होटल मल्ल सुविधासम्पन्न होटल हो । सदाबाहार भरिभराउ हुने उक्त होटल मा पर्यटकका लागि सवै सेवा सुविधा उपलव्ध रहेका छन् । पर्यटको लागि एकरातको १९ हजार ६ सय ३९ रुपैयाँ रहेको छ ।

होटल ग्रान्ड पोखरास् पाँच तारे होटल ग्रान्ड पोखराको एक मात्र पाँच तारे होटल होटल हो । फुलबारी होटल बन्द भएपछि पोखारामा एउटा मात्रै पाँच तारे होटल रहेको छ । काठमाडौंबा पाँच तारे भन्दा केही सस्तो रहेको भएपनि सुविधाका हिसावले पर्यटक लोभ्याउने रहेको छ । होटलको एकरातको पर्यटकका लागि ७ हजार ४ सय ६९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१