बिरामीको सेवा गर्न नपाएकोमा पत्रकार सम्मेलनमा डाँडो छोडेर रोए केसी (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७५, बुधबार ०५:०९

काठमाडौँ  । लामो अस्पताल बसाई पछि डिस्चार्ज भएका डा गोविन्द केसी आज पत्रकार सम्मेलनमै डाँको छोडेर रोएका छन् । २७ दिन लामो आमरण अनशनका कारण आफ्नो स्वास्थ्य स्थिती नाजुक भएका कारण विरामीको सेवा गर्न नसकेको भन्दै उनले दुख मनाउ गरेका हुन् ।

पत्रकार सम्मेलनमा नै भक्कानिएका केसीले आफ्नो अनशनका कारण विरामीलाई परेको असुविधा प्रति माफी पनि मागेका छन् । साउन १० गते सरकारसंग सम्झौता भएपछि डा केसीले २७ दिने लामो अनशन तोडेका थिए ।

सम्झौता भएको १३ दिन पुगीसक्दा पनि आफ्नो माग प्रति सरकार उदासिन भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुले गरेको प्रतिवद्धता स्मरण गराएका छन् । पत्रकार सम्मेलनमा डा केसीले सरकारले छलछाम गरे फेरी कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

‘यत्तिको समयसम्म विरामिको सेवामा लाग्न नपाउँदा अत्यन्तै दुख लागेको छ, मेरो मन रोएको छ भन्दै डाक्टर केसी पत्रकार सम्मेलनमा भक्कानिएका थिए । अनशनका क्रममा आफ्नो १३ किलो वजन घटेको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१