सुर्तिजन्य पदार्थको सेवनले प्रत्येक वर्ष ३० हजार भन्दा बढि मानिसको ज्यान जाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७५, बुधबार ०५:०४

काठमाडौं ।  सुर्तिजन्य पदार्थको सेवनका कारण मृत्यु हुनेको संख्या धेरै रहेको जनाइएको छ ।क्यान्सर काउन्सिल नेपाल र माछापुच्छ«े बैंकले संयुक्त रुपमा आयोजना गरेको जनचेतना तथा अन्तरक्रियामा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले सुर्तिजन्य पदार्थ नै नसर्ने रोगहरुको प्रमुख कारण भएको बताउनुभयो ।

उहाँका अनुसार नेपालमा प्रत्येक वर्ष वातावरणीय प्रदुषणका कारण नौ हजारभन्दा बढिको ज्यान जाने गरेको छ भने सुर्तिजन्य पदार्थको उपभोगले करीब ३० हजार मानिसले अकालमै ज्यान गुमाएका छन् ।“यसरी हेर्दा वातावरण प्रदुषणका कारणभन्दा सुर्तिजन्य पदार्थको सेवनका कारणले निधन हुनेको संख्या अत्यधिक देखिएको छ, यो डरलाग्दो तथ्यांकबाट हामी सबै सचेत हुनुपर्छ,” डा पौडेलले भन्नुभयो ।काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तिजन्य पदार्थ सेवनको रोकथामका लागि विद्यालयस्तरबाट नै बालबालिकालाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१