घुस खान लाइन खोल्न दबाव दिने सप्रनि गोसाईलाई बचाउन षडयन्त्र शुरु स्पष्टीकरण पाएका पनि ड्यूटीमा खटिदै र सामान छाड्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७५, मंगलवार १४:४६

नेपालगन्ज । मुलुकका प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचार कर्मचारीको मुखै नहेरी कारवाही गर्छु भन्ने अभिव्यक्ति आइरहेको अवस्थामा घुस खान लाइन खोल्नको लागि दबाव दिने नेपालगन्ज भन्सार कार्यालय सशस्त्र प्रहरी राजस्व गुल्मका सशस्त्र प्रहरी निरिक्षक टिकाराम गोसाईलाई बचाव गर्ने माथिल्लो भ्रष्ट गिरोह लागेको चर्चासँगै उनको कारवाही कछुवा जस्तै गतिमा हिडेको छ । नेपालगन्ज भन्सार कार्यालयमा कार्यरत सशस्त्र प्रहरी निरिक्षक टिकाराम गोसाईले आइतबार साँझको ८ बजे रक्सीले मात्तिएको अवस्थामा भन्सार कार्यालयको चेकजाँचमा असुली गरेको रकम माथिल्लो निकायसम्म पुग्ने गरेको गर्भको रहस्य छर्लङ पार्ने कोशिश गर्दै संकेत दिँदै आफ्नो कमाण्डरको सामुन्ने पत्रकारलाई भने–‘तपाईले भन्सार किन टाइट गर्न लगाउनु भएको छ । तपाईहरूले टाइट गरे हामीले के खाने अनि माथि के दिने ? तपाईहरूले छिटो भन्सारमा हामीले खान पाउने वातावरण बनाउनु पर्यो’ भन्दै रक्सीको तालमा अभद्र व्यवहार समेत देखाएको समाचार विभिन्न मिडियामा सार्वजनिक भएपछि सशस्त्र प्रहरी बलले झारो टार्न सोमबार २४ घण्टे स्पष्टीकरण सोधेसँगै मंगलबार ती सशस्त्र प्रहरी निरिक्षक गोसाईले गल्ती भएको तथा क्षमाको याचना सहित जवाफ दिएका छन् । भ्रष्ट कर्मचारीलाई १०० प्रतिशत कारवाही हुन्छ भनेका सशस्त्र प्रहरी महानिरिक्षक ६ दिने भारत भ्रमण रहेकाले भ्रष्ट कर्मचारीलाई कसले कारवाही गर्ने भन्ने विषय अहिले चर्चा पाएको छ । यसैगरी सशस्त्र प्रहरी महानिरिक्षक खनाल नभएको अवस्थामा निमित्त प्रमुख रहनु भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नारायण बाबु थापाले भ्रष्ट कर्मचारीले कुनै पनि हालतमा उन्मुक्ति पाउन नसक्ने र शत प्रतिशत कारवाही हुने ठोकुवा गर्नु भएको छ । सशस्त्र प्रहरी बल निमित्त प्रमुख थापा भन्नुहुन्छ–‘मैले आजबाट निमित्तको पदभार लिएको छु । यस विषयमा बुझेर सुर्खेतस्थित बाहिनीका सशस्त्र प्रहरी नायब महानिरिक्षकलाई कारवाही के कस्तो भइरहेको विषयमा कडा रुपमा अगाडि बढ्न भन्छु ।’ यसैगरी केही दिन पुर्व नेपालगन्ज भन्सार कार्यालयको छोटी भन्सारको चेक प्वाइन्ट ड्यूटीमा रहेका सशस्त्र प्रहरी सहायक हवलदार बम बहादुर मल्लले रु. ५ सय लिई करिब ८० हजार बराबरको कपडा छोडेको र चेक प्वाइन्टका इन्चार्ज असई नरेन्द्र हमाललाई सशस्त्र प्रहरी बल राजस्व गुल्मले स्पष्टीकरण पश्चात कुनै कारवाही नै नगरी ड्यूटीमा खटाएको छ । स्पष्टीकरण पाएका असई नरेन्द्र हमालले मंगलबार दिउँसो मात्र करिब १ घण्टाको अन्तरालमा पटक–पटक गरी २४ बोरा चामल लगायत विभिन्न बिक्री हुन योग्य सामान बिना भन्सार जान दिएको भिडियो कार्यालयमा सुरक्षित राखिएको छ । भन्सार विभागको नीति नियम अनुसार रु. १ सयभन्दा बढीको सामान ल्याएमा भन्सार राजस्व लिनु पर्ने भएता पनि ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल (भन्सार कार्यालय मुल गेट १, छोटी भन्सार मुल गेट १, सीमा सुरक्षा बलले स्थापना गरेको चौलिक्का १) ले सक्रियताका चेकजाँच नगर्दा दैनिक लाखौंको सामान भन्सार राजस्व बिना छाडिने गर्दा सरकारी राजस्वमा बढोत्तरी हुन नसकेको बताइएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१