पानीको कमीले देखा पर्ने यी १० समस्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७५, मंगलवार ०६:१०

काठमाडौं । पानी बिनाको जीवन कल्पना गर्न सकिन्न । यसको मात्रा मिलाएरु पिए अमृत हुन्छ । पानीको मात्र मानिसको शरीरमा न कमी भएको राम्रो न बढी भएको राम्रो हो । यसर्थ शरीरमा पानी कमी भएको अवस्थामा यी १० लक्षण देखा पर्ने छ :

१. टाउको दुख्ने
पानीको कमीले पनि टाउको दुख्ने गर्छ । टाउको दुखिरहेको तर कारण थाहा नपाए शरीरमा पानीको मात्रा कमको रहेको अवस्था हो । टाउको गह्रौँ भएर दुःखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने ।

२. खाएलगत्तै भोक लाग्नु
बढी तिर्ख लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । यसर्थ खाना खाएलगत्तै भोक लागेको महसुस हुन्छ । यस्तो अवस्थामा पानी पिए राम्रो हुन्छ ।

३. धेरै थकान महसुस हुने
पर्याप्त पानीको मात्रा शरीरमा कमी भए धेरै धकान महसुस गराउँछ । पानीको कमीले शारीरिक प्रणाली नै कमजोर बनाउने हुँदा धेरै थकानको महसुस हुनेगर्छ । पानीको कमीले धेरै थकान महसुस हुँदा कार्य क्षमतामा ह्रास आउँछ । दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन ।

४. छाला सुक्खा हुने
पानीको कमीले शरीरका छाला सुख्खा तथा चाउरी पर्ने गर्छ । मौसम विपरीत छाला सुख्खा हुने, ओठ फुट्ने लगायत यस्ता खालका लक्षण देखिए पानीको समस्याका कारण देखा परेको हो ।

५. पिसाब पहेँलो हुने
पानीको कमीले पिसाब पनि अस्वभाविक पहेँलो हुने गर्छ । लगातार पिसाब पहेँले देखा परे पानीको कमीका कारण पनि हुन सक्छ ।

६. एसिडिटी बढ्छ
पानीको कमीले एसिडिटी पनि बढ्छ । कब्जियत हुने, खाना राम्ररी पचिरहेको छैन भने यसको कारण शरीरमा प्रशस्त मात्रामा पानी नहुनु हो । ठीक मात्रामा पानी पिउनाले पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ र कब्जियत हुन दिँदैन । यसले पेटमा भएको एसिडलाई पनि कमी गराउँछ ।

७. धढ्कन बढाउँछ
यदि तपाईंको मुटुको धड्कन अचानक बढ्यो भने पानीको कमी भएको एउटा संकेत हो । चक्कर लाग्ने वा अचानक डराउने अचानक चक्कर आउने धेरै कारण हुन सक्छ, कहिलेकाहीँ दबाइको कारण, निद्रा नआउने लगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।

८. श्वास गनाउने
पानीको कमीले मानिसको स्वास पनि गनाउने गर्छ । शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई गनाउने श्वास निस्कन्छ

९. मुख सुक्खा रहनु
प्रायस् मुख सुक्खा हुन्छ भने त्यो पानीको कमी भएको संकेत हो । यस्तो समस्या हुनेले छेउमा सधैँ पानी राख्नुपर्छ र आवश्यकता पर्ने बित्तिकै पिउनुपर्छ । कहिलेकाहीँ कतिपय दबाइ खाँदा पनि मुख सुक्खा हुन्छ । यी दुई कुरामा भने झुक्किन हुँदैन

१०. मांसपेशी या जोर्नीमा दुखाइ हुन्छ

पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१