भन्सारमा सशस्त्र प्रहरीले खाने घुस कहॉ-कहॉ पुग्छ ? गर्भभित्रको रहस्य बन्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७५, सोमबार १४:५६

नेपालगन्ज  । भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी बलले गर्ने भ्रष्टाचारको रकम कहॉ-कहॉ पुग्ने गरेको कुरा रक्सीले मात्तिएका एक प्रहरी निरिक्षकले गर्भको रहस्य खोल्ने प्रयास गरेका छन् । नेपालगन्ज भन्सार कार्यालयमा कार्यरत सशस्त्र प्रहरी निरिक्षक टिकाराम गोसाईले आइतबार सॉझको ८ बजे रक्सीले मात्तिएको अवस्थामा भन्सार कार्यालयको चेकजॉचमा असुली गरेको रकम माथिल्लो निकायसम्म पुग्ने गरेको गर्भको रहस्य छर्लङ पार्ने कोशिश गर्दै संकेत दिएका छन । सशस्त्र प्रहरी निरिक्षक गोसाईले भने-“म जवानमा भर्ना भई इन्सपेक्टर आलु र घुइया छिलेर भएको होइन ।” उनले आफ्नो कमाण्डरको सामुन्ने पत्रकारलाई भने-“तपाईले भन्सार किन टाइट गर्न लगाउनु भएको छ । तपाईहरूले टाइट गरे हामीले के खाने अनि माथि के दिने ? तपाईहरूले छिटो भन्सारमा हामीले खान पाउने वातावरण बनाउनु पर्यो “ भन्दै रक्सीको तालमा अभद्र व्यवहार समेत दखाए । उनी सधै सॉझ रक्सीमा मात्तिने गरेको भन्सारका एक कर्मचारीले समेत भने । उनका अनुसार सशस्त्र प्रहरीमा जवान दर्जामा भर्ना भएका थिए भने इन्सपेक्टरसम्म पुग्दा बॉकेको हवलदारपुर हाईवेमा ३ कठ्ठामा उनले पक्की घर बनाएका छन । उनको आम्दानीको स्रोत अन्य केही नभएको बताइएको छ । उनले पाउने मासिक तलबबाट दैनिक रक्सी खानु पनि पुग्दैन तर पनि दैनिक रूपमा रक्सी पिउने उनको बानी नै भईसकेको छ । अनि उनले परिवारलाई कसरी घरखर्च कसरी पठाउँछन ? गर्भको रहस्य बनेको छ । उनी जवान हुँदाको सम्पत्ति र अहिले जम्मा गरेको सम्पत्तिमा अनुसन्धान गर्न जरूरी रहेको जानकारहरूको भनाई रहेको छ । उनले भनेको शब्दमा घुस खाएको पैसा माथिल्लो निकाय को-को लाई पठाउँछन ? सुक्ष्म अनुसन्धानको बिषय बन्न पुगेको छ । रक्सीको झोंकमा मनभित्र दबाएर राखेका कुरा त बाहिर निकाले । तर अब उनलाई बचाव गर्ने माथिल्लो निकायका को-को अफिसर अगाडी बढ्छन त्यो भने हेर्न बॉकी नै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचार निर्मुलको नीतिलाई अँगाल्दै अगाडी बढेका सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल भ्रष्टचारी कर्मचारीलाई सुक्ष्म छानबिन गरी कारवाही अगाडी बढाउँछन की मौन रहेर तमासा हेर्छन त्यो भने समयले बताउने छ ।

प्रतिक्रिया