मलेसिया – मलेसियामा सम्पन्न एसीसी यू-१६ प्रिमियर क्रिकेटमा नेपालका १३ वर्षे स्पिनर अनिल खरेल होनहार खेलाडी घोषित भएका छन् ।
नेपाललाई यू-१६ क्रिकेटमा पहिलो उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका उनी प्रतियोगिताको होनहार खेलाडी (मोस्ट प्रोमिसिङ प्लेयर) घोषित भएका हुन् ।
देब्रे हाते स्पिनर अनिलले आइतबार ओमानविरुद्ध मात्र ६ विकेट लिएर सनसनी मच्चाएका थिए । उत्कृष्ट बलिङ गरेका उनले उनले ६ ओभरमा १६ रन खर्चिएर ओमानका ६ जना व्याट्सम्यानलाई पभेलियनको बाटो देखाएका थिए ।
बलर अफ टुर्नामेन्ट भने नेपालकै जितेन्द्र सिंह ठकुरी बनेका छन् ।
प्रतिक्रिया