शेयर बजारमा सामान्य गिरावट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७५, सोमबार ०५:३१

काठमाडौँ ।  शेयर बजारमा आज सामान्य गिरावट भएको छ ।नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज शेयर बजार १.४३ विन्दुले घटेर एक हजार १८९.८८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.१८ विन्दुले घटेर २५०.९७ विन्दुले घटेको छ ।कूल १६० कम्पनीका पाँच लाख ९७ हजार ५९७ कित्ता शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४ मूल्यमा खरिद बिक्री भएको छ । स्टककाअनुसार आज पाँच उपसमूहको शेयर बढ्दा चार उपसमूहको शेयर भने घटेको छ ।

बैंकिङ ३.५१, जलविद्युत् ५.६५, वित्त ०.९७, निर्जीवन बीमा ३०.९२ र उत्पादन २०.०६ बिन्दुले घटेको छ ।यस्तै होटल ४.२४, विकास बैंक ११.१७, अन्य ६.४९, माइक्रोफाइनान्स ०.२१ र बीमा ३.६४ विन्दुले बढेको छ । आज सिटी एक्सप्रेस फाइनान्स कम्पनी र आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने आइएमइ जनरल इस्योरेन्स कम्पनी र प्रोग्रसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१