नेपाल तान डोरी संघको दोश्रो अधिबेशन सम्पन्न,अध्यक्षतामा पौडेल निर्विरोध चयन (फोटो फिचर )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७५, आईतवार ०५:०९

काठमाडौँ । नेपाल तान डोरी संघको दोश्रो अधिबेशनले भवानी प्रसाद पौडेलको अध्यक्षतामा १७  सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा सूर्यबहादुर भट्टराई र सुभाषश्री पोखरेल, महासचिवमा केशवराज गौतम, सचिवमा अजय रानाभाट तथा कोषाध्यक्षमा शिवभक्त सैंजु रहेका छन् ।

सन्तोषकुमार पौडेल, जेशिका चेमजोङ, रञ्जु सिग्देल, डिलाराम अर्याल, शैलज नेपाल, भोजराज दाहाल, खड्गबहादुर बोहरा, दीपकराज चालिसे, रोशन कुँवर र डा.नवराज पन्त सदस्यमा चयन भए ।

नेपाल तान डोरी संघको दोश्रो अधिबेशनको कार्यसमिति बैठकले केहिलाई कार्यसमिति सदस्यमा मनोनित समेत गरेको छ  । मनोनित केन्द्रीय उपाध्यक्षमा मदन खरेल र सदस्य तथा प्रचारप्रसार बिभाग प्रमुखमा बरिष्ठ पत्रकार मुकुन्द ढुंगानालाइ चयन गरिएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रमाण पत्र प्रदान गरेका थिए  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१