माथिल्लो तामाकोशीको लागत दोब्बर पुग्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०७५, शुक्रबार ११:४३

काठमाडौं  । आन्तरिक स्रोतबाट निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले तेस्रोपटक थपिएको म्यादमा पनि उत्पादन सुरु गर्न नसक्ने भएको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा समाचार छापिएको छ ।तोकिएको समयमा आयोजना नबन्दा यसको लागत झण्डै दोब्बर पर्ने भएको छ । दश वर्षअघि आयोजनाको लागत ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ निर्धारण गरिएको थियो । हाल आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख पुगेको छ ।

यो निर्माण अवधिको ब्याजबाहेकको लागत अनुमान हो । गत वर्ष असारसम्म आयोजनाको निर्माण अवधिको ब्याज १० अर्ब ४७ लाख ४४ हजार रुपैयाँ छ । अहिलेकै अवस्थामा ब्याजसहित आयोजनाको लागत करिब ६० अर्ब पुग्नेछ ।निर्माण अवधिको ब्याज अझै बढ्ने भएकाले आयोजनाको लागत दोब्बर पुग्न सक्छ । यसको ब्याज आर्थिक वर्ष २०७२ ७३ को अन्त्यसम्म ६ अर्ब ७७ करोड ९० लाख थियो । एक वर्षमा ब्याज चार अर्बले बढेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१