डेरावाललाई चुसेर राज्य ठग्न पल्केका घरबेटी ! कर बढ्ने भएपछि आन्दोलनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०७५, बिहीबार ०५:४३

काठमाडौं ।  घरबहाल सरोकार महासंघ नेपालले मुलुकी ऐन देवानी संहिता–२०७४ लाई कार्यान्वयन गर्न र छुटेका विषय संशोधनमार्फत परिमार्जन गर्न माग गरेको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गरी घरबहाल कर घटाउनसमेत माग गरेको हो ।

महासंघका अध्यक्ष शंकर कोइरालाले हालै राष्ट्रपतिद्धारा प्रमाणीकरण गरिएको मुलुकी ऐन देवानी संहिता–२०७४ को स्वागत गर्दै घरबहाल कर घटाउन माग गरे । ‘राज्यले निर्माण गरेको ऐनलाई स्वागत गरेका छौं, तर केही कुराहरू छु्टेका विषय समावेश गर्न माग गर्दछौं,’ उनले भने, ‘२० हजारभन्दा कम बहाल लिइनेलाई पनि सम्झौतापत्र दिन, घरबहाल करको दर घटाउन सरकारले ध्यान दिनुपर्छ ।’

उनले बसोबास, व्यवसाय र उद्योग गरी तीन प्रकारका घरबहाल क्षेत्र रहेकाले त्यसमा स्पष्ट हुन जरुरी रहेको बताए । ‘बसोबासका लागि पाँच वर्ष, व्यवसायका लागि १७ वर्ष र उद्योगका लागि २५ वर्षभित्र नवीकरण हुने गरी घरधनीले सम्झौतापत्र दिनुपर्छ,’ उनले भने, ‘घरधनीलाई व्यवसायीकरण गरी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर लिनुपर्ने हाम्रो माग छ ।’ अध्यक्ष कोइरालाले घर धनी र व्यवसायीले आ–आफ्नो बिमा गर्नुपर्ने भन्दै घर बहाल क्षेत्रबाट हटाउँदा निश्चित् समय तोक्नुपर्ने बताए ।

यसअघि महासंघले घर बहाल ऐन संशोधन गर्न प्रधानमन्त्री र पूर्वसभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङलाई भेटेर ज्ञापनपत्र बुझाइसकेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१