थ्रेडिङ गर्ने गर्नु भएको छ ? विचार पुर्याउनुहोस यी पाँच कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०७५, बुधबार ०५:३९

काठमाडौं । हरेक महिलाका लागि थ्रेडिङ आवस्यक जस्तै भइसकेको छ । एक–दुई हप्ताको अन्तरमा थ्रडिङ गरिन्छ । व्युटिपार्लर गएर र घरमै पनि थ्रेडिङ गर्न सकिन्छ । धागोको साहयताले रौ उखाल्ने भएकाले थ्रेडिङमा केही तलमाथि भयो भने वरपरको छालामा समस्या देखिन्छ । थ्रेडिङका बेला कतिपय कुरामा ध्यान नदिँदा घाउ हुने गर्दछ । कतिपयलाई डण्डिफोर नि आउने गर्दछ । त्यसैले थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने पाँच कुराबारे व्युटिसियन सजोला क्षेत्रीले जानकारी दिएकी छिन् ।

१.थ्रेडिङ गर्ने बेला औखीभौ बलियोसँग तन्तुपर्छ । यो कुुरामा विचार गर्नुहोस की , रौ उखलिने वेला बढी खलबलिन नपाओस । रौँ एक झड्कमै उखेलिनु पर्छ । रौँ खलबलिँदा छालामा घाउ बन्छ र घाउमा ब्याक्टेरिया इन्फेक्सन भएर ठुलो समस्या निम्तिन सक्छ । यहीँबाट डन्डिफोर पैदा भएर झन तनाव हुन सक्छ।

२. थ्रेडिङ गर्नु अघि आँखीभौंमा बेबी पाउडर लगाउनु राम्रो हुन्छ । बेबी पाउडरले आँखीभौ आपसमा रहेको चिल्लोपन सोस्छ । यसो गर्दा थ्रेडिङको बेला हुने दुखाई कम हुन्छ । बेबी पाउडर लगाएपछि रौँ टुक्रने र घाउ हुने समस्या पनि रहँदैन।

३. थ्रृेडिङ गरेपछि छालामा तत्काल फोहर हातले नछुनु नै राम्रो हुन्छ । थ्रेडिङका बेला रौँ उखलिएको छालाको छिद्र खुलेको हुन्छ । फोहर हात यसमा लगाउँदा छिद्रमा व्याक्टेरिया प्रवेश गर्ने र इन्फेक्सन हुने खतरा रहन्छ।

४ थ्रेडिङपछि निरन्तर पसिना आइरह्यो भने कटन ,सफा कमडा या पेपरले पुछ्नुपर्छ । कपडा या पेपरले टच गरेर हल्कासँग पसिना सोसाउनु पर्छ । रौँ उखेल्दा खुलेको छिद्रमा पसिुना पर्यो भने त्यही डन्डिफोर पैदा हुन सक्छ।

५. थ्रेडिङपछि अनुहारको मोस्चराइज गर्नुपर्छ । मोस्चराइज गर्दा नेचुरल क्रिम प्रयोग गर्नु पर्छ । नेचरल क्रिममा सेन्थेटिक आयल हुँदैन । एलोबेरा सवैभन्दा राम्रो हुन्छ । जसुले थ्रेडिङ गर्दाको पिडा पनि कम गर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१