जीवनमा सफल बन्न अपनाउनुपर्ने चार आदत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०७५, बुधबार ०५:३८

काठमााडौं । जिवनमा सफल हुनुको मतलब केवल कडा परिश्रम गर्नु मात्र होइन उत्कृष्टताका साथ काम गर्नु पनि हो।

हामी सबै जिवनमा सफल हुन चाहन्छौँ । तर सफल हुने ध्याउन्नमा हामीले गर्ने कडा परिश्रम सबै ठँउमा गर्नु पर्दैन । जिवनमा सफलताको दर बढाउनका लागि महत्वपूर्ण सूत्र हो, ‘सिम्पल ह्याबिट, स्मार्टर थिंकिङ ।’

बिहान छिटै उठ्ने

बिहानी भनेको दिनको सबैभन्दा बढी उत्पादक समय हो । प्रभातमा तन र मन दबै फ्रेस हुन्छ । बिहान ढीलो गरि उठेर अफिसबाटै आफ्नो दिनको शूरुवात गर्ने भुल नगर्नुहोस् । काममा जानुभन्दा कम्तीमा पनि २ घण्टा अघि उठ्ने बानी बसाल्नुपर्छ । बिहानको समयमा आफ्नो दिउसोको योजना तय गर्नुहोस, दिउसो आफुले गर्ने कामको सूचिकरण गर्नुहोस् र सोही मुताविक गर्नुहोस् ।

अभ्यास

जिवनमा सफल हुनका लागि जिउ पनि स्वस्थ हुनुपर्छ । यसका लागि आफुले गर्ने काममा प्रसस्त अभ्यास गर्नुका साथै मज्जाले नियमित व्यायाम गरेर शरीरलाई स्वस्थ राख्नुपर्छ ।

शानदार व्यक्तित्व बनाउनुहोस

यदि तपाइँको आत्मविश्वासको तह उच्च छ भने जिन्दगीको आधा लडाइँ जितिसक्नुभयो भन्ने सम्झनुस् । जब तपाइँको व्यक्तित्व सानदार बनाउनुहुन्छ तब आत्मविश्वास बढ्छ । यसका लागि बोलीचाली, पहिरन जस्ता विषयमा ध्यान दिनुपर्छ ।

खानपान

जिवनमा सफल हुनका लागि स्वस्थ हुनु आवश्यक छ र स्वस्थ बन्नका लागि भोजनको सबैभन्दा ठूलो हात हुन्छ । त्यसैले स्वस्थकर तथा सन्तुलित भोजन लिने गर्नुपर्छ । हल्का खानुहोस् र स्वस्थ खानुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१