बेलले रोनाल्डोको रिक्तता पूरा गर्नेछन् : प्रशिक्षक लोपेटेगुई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०७५, बुधबार ०५:२८

म्याड्रिड । रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुईले स्यान्टियागो बर्नेबाउमा क्रिस्टियानो रोनाल्डोको रिक्तता गेराथ बेलले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

जिनेदिन जिदानले प्रशिक्षक पद नत्यागेसम्म र रोनाल्डो १० करोड पाउण्डमा युभेन्टससँग अनुबन्ध नभएसम्म बेलले रियल छाड्ने चर्चा थियो । त्यही भएर म्यान्चेस्टर युनाइटेडले बेललाई पुनः प्रिमियर लिगमा फर्काउने तयारी गरेको थियो ।

बेल सन् २०१३ मा ८।५३ करोड करोड पाउण्डमा टोटनहमबाट रियल पुगेका थिए । हाल बेल रियल म्याड्रिडको टोलीसँगै अमेरिकाको प्रिसिजन टुरमा रहेका छन् । बुधबार रियलले जोसे मोरिन्होको म्यान्चेस्टर युनाइटेडको सामाना गर्दैछ ।

खेलअघि प्रशिक्षक लोपेटेगुईले २९ वर्षीय विङ्गरले बेलको भविष्यबारे अन्यौलता हटेसँगै उनले अब उनले रोनाल्डोको स्थान लिने बताए ।

‘हाम्रो लागि क्रिस्टियानो रोनाल्डो टोलीका एक महत्वपूर्ण सदस्य रहँदै आएका थिए,’ उनले भने, ‘उनले क्लब छाड्ने निर्णय गरेपछि क्लबले पनि उनको इच्छाको सम्मान गर्यो । हामी भविष्यमा उनको सफलताको कामना गर्दछौँ ।’

‘हाम्रो खेलाडीहरुको कुरा गर्दा बेल लगायत हामीसँग विश्वस्तरिय खेलाडी छन्, जसले टोलीलाई अघि बढाउन सक्छन् । बेल उत्कृष्ट खेलाडी हुन् र हामीलाई विश्वास छ उनीसँगै अन्य खेलाडीले रोनाल्डोको रिक्तता पुरा गर्न सक्नेछन्,’ उनले भने ।

लोपेटेगुईले बेल हाल टोलीसँग खुसी रहेको बताउँदै उनी रियलले लिएको लक्ष्यप्रति प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१