भक्तपुरमा चक्कु देखाएर दिउँसै लुटियो छ लाख !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०७५, बुधबार ०५:१४

भक्तपुर।  भक्तपुर नगरपालिका वडा नं. ८ ल्योसिंखेल चुपिनघाटस्थित कहाँल्चामा मोटरसाइकलमा आएका दुई जनाले चक्कु देखाएर रु ६ लाख लुटेका छन् ।चाँगुनारायण नगरपालिका वडा नं.६ नगरकोट फेदी बस्ने वर्ष ५४ का परशुराम बजगाईँले घरबाट ल्याएको रु चार लाख र कमल विनायकस्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको रु दुई लाख गरी रु ६ लाख लिएर सूर्यविनायकतर्फ जाँदै गर्दा लुटेराले हिजो  बिहान ११ ः २५ बजे लुटपाट गरेका हुन् ।

दिउँसो सवा ११ बजे बैंकबाट पैसा झिकेर झोलामा हालेर हिँडेरै सूर्यविनायकतर्फ जाँदै गर्दा एकान्तमा पारेर मोटरसाइकलमा माक्स लगाएर आएका दुई व्यक्तिले चक्कु देखाएर झोला लुटेर फरार भएको पीडित बजगाईँले बताउनुभयो ।निर्माण व्यवसायीसमेत रहनु भएका बजगाईँले भन्नुभयो, “पैसा लिएर सूर्यविनायकमा निर्माण मजदूरहरुलाई मासिक ज्याला दिन जाँदै थिए, मोटरसाइकलमा आएका व्यक्तिले चक्कू झिकेर कराईस् भने मारिदिन्छु भनेर पैसाको झोला खोसेर लगे, मेरो होसहवास नै उड्यो ।”

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले घटनाको जानकारी आएलगत्तै चारैतर्फ कडाईका साथ जाँचसहित लुटेराको खोजी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१