चर्चित कलाकारका आदर्श जोडी : यी ६ अभिनेता जस्ले आफ्नो श्रीमतीलाई अत्यतै मायाँ गर्छन् !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०७५, मंगलवार ०५:२७

बलिउडमा केही स्टारहरू यस्ता छन्, जसले श्रीमतीलाई रानी बनाएर राखेका छन् । उनीहरू आफ्नी श्रीमतीलाई हरेक कार्यक्रममा लैजान छुटाउँदैनन् । यहाँसम्म कि उनीहरूका लागि श्रीमतीसँगको प्रेमबाहेक अरू कुनैे कुरा ठूला छैनन् । यस्तैमा पर्छन्, यहाँ प्रस्तुत गरिएका पाँच बलिउड स्टार, जसले श्रीमतीलाई अथाह प्रेम गर्छन् :

शाहरूख र गौरी खान : बलिउडका किङ अफ रोमान्स भनेर चिनिने अभिनेता शाहरूख खान हरेक प्रेमी/प्रेमिकाका लागि रोल मोडल हुन् । त्यति मात्र नभएर श्रीमती गौरी खानका लागि पनि उनी उस्तै प्रेमी तथा श्रीमान् हुन्, जस्तो फिल्ममा देखिन्छन् । सन् १९९१ मा विवाह गरेको यो जोडीका तीन सन्तान छन् । यो जोडीलाई पनि बलिउडको आदर्श जोडीको रूपमा लिइन्छ ।

रितेश र जेनेलिया देशमुख : फिल्म ‘तुझे मेरी कसम’मा सँगै काम गरेपछि प्रेममा बाँधिएको यो जोडीले २०१२ मा विवाह ग¥यो । उनीहरूका दुई छोरा छन् । प्रेमविवाह गरेका उनीहरू विवाहपछि पनि प्रेमलाई उस्तै कायम राख्ने जोडीमा पर्छन् । उनीहरूबीचको झगडा अहिलेसम्म बाहिर आएको छैन । जेनेलियालाई रितेशले गर्ने प्रेमका कारण भारतीय मिडियाले उनलाई भाग्यमानी महिला भन्ने गरेका छन् ।

अजय र काजोल देवगण : बलिउडमा निकै संघर्ष गरेर स्थापित भएका नायक अजय देवगणले ‘सिंघम’जस्ता सुपरहिट फिल्म दिए । उनले सन् १९९९ मा त्यस दशककी हिट अभिनेत्री काजोलसँग विवाह गरे । उनीहरूका दुई सन्तान छन् । अधिकांश कार्यक्रम तथा रिसेप्सन पार्टीमा सँगै देखिने यो जोडीलाई बलिउडमा आदर्श जोडीको रूपमा लिइन्छ ।

अक्षयकुमार र ट्विंकल : बलिउडका खेलाडी अभिनेता अक्षयकुमारले पनि श्रीमती ट्विंकल खन्नालाई अत्यधिक प्रेम गर्ने गरेको भारतीय सञ्चारमाध्यममा आउने गरेको छ । अक्षयकुमार वर्षमा तीन–चारवटा फिल्म खेल्छन् ।

 

तर, श्रीमतीका लागि पनि उत्तिकै समय छुट्ट्याउँछन् । ‘बरसात’ फिल्मबाट चम्किएकी अभिनेत्री ट्विंकल खन्नालाई अक्षयले रिक्सामा घुमाएको तस्बिर त भाइरल नै भएको थियो ।

अभिषेक र ऐश्वर्या राय बच्चन : बलिउड महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चन फिल्ममा त त्यति जमेनन् । उनी साइड भूमिकामा भएका फिल्म मात्र सफल भए । अभिषेकले सन् १९९४ की विश्वसुन्दरी ऐश्वर्या रायसँग सन् २००७ मा विवाह गरे ।

अभिषेकले ऐश्वर्यालाई आर्थिक तथा सामाजिक महत्व जति दिनुपर्ने हो त्यति दिएको भारतीय मिडियाले उल्लेख गर्ने गरेका छन् । प्रायः कार्यक्रममा सँगै देखिने यी जोडी केही वर्षअघि कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सँगै देखिएको थियो । नयाँ पत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१