भिटोफ निर्वाचनका लागी अध्यक्षका प्रत्याशी ध्रुव सिंखडा समुहको घोषणापत्र सार्वजनिक (ध्रुव सिम्खडा प्यानल परिचय सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७५, आईतवार ०६:५१

काठमाडौँ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को आगामी श्रावण १५ गते हुने निर्वाचनका लागी अध्यक्षका प्रत्याशी ध्रुव सिंखडा समुहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

सिंखडा समुहको प्रथम उपाध्यक्षमा कृष्ण बहादुर सुवेदी ९कुस०, द्धितीय उपाध्यक्षमा तारालाल धरेल, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा कुलप्रसाद केसी ९केपी० र सहकोषाध्यक्षमा उमेश दनै र सदस्यहरुमा केदारमणि खनाल, राममणि रिजाल, शान्तकुरमा वानियाँ र सन्तोष थापामगर रहेका छन् ।

घोषणापत्र सार्वजनिक गर्दै अध्यक्षका उम्मेदवार सिम्खडाले नेपाल पर्यटन वर्ष २०२० को सफलतालाई ग्रामिण पर्यटन विकाससँग जोड्नका लागि घरबास पर्यटनमा स्थानीय परिकार, कला र संस्कृतिलाई महत्व दिदै जैविक उत्पादनप्रति उत्प्रेरणा जगाउने,ग्रामिण पर्यटन क्षेत्रलाई जैविक कृषि पर्यटन क्षेत्रको रुपमा अघि बढाउन अग्रणी भूमिका खेलिने,नेपाल पर्यटन बोर्डलगायत अन्य सरोकारवाला निकायहरुसँगको सहकार्यमा प्रत्यक वर्ष एक पटक उपयुक्त स्थान तोकी राष्ट्रिय स्तरको घरबास मेला आयोजना गरिने,पहिले देश अनि विदेश भन्ने सरकारी नारालाई सार्थक बनाउन र ग्रामिण पर्यटनको विकासमा आन्तरिक पर्यटकहरुको भूमिकालाई कोसेढुंगा बनाउने उद्देश्यसाथ निजामति र व्यवसायीक प्रतिष्ठानका कर्मचारीहरुलाई ‘‘आन्तरिक पर्यटन विकास विदा” लाई अनिवार्य गर्ने नीतिगत व्यवस्था हुनका लागि आवश्यक पहलकदमी गरिने,अन्तर्राष्ट्रिय रुपमा भियतनाम, लावोस, थाइल्याण्ड, कम्बोडिया र श्रीलंकाका घरबास कार्यक्रमहरुसँग स्थापित सम्बन्धलाई गाढा र प्रभावकारी बनाउँदै सहकार्य बढाइने छ र राष्ट्रिय रुपमा पर्यटन सम्बन्धित संघसंस्थाहरुलाई भिटोफ–नेपालसँगको आवद्धता दिलाउन प्रयत्न गरिने तथा भिटोफ–नेपालले बिगतमा स्थापना गरेको र हाल तिन लाख रुपैया संकलित अवस्थामा रहेको भिटोफ अक्षयकोषको रकममा उल्लेखनीय वृद्धि गर्न सक्रिय प्रयास गरिने लगायतका आफ्ना एजेण्डा रहेको वताए ।

सिंखडा समुहको घोषणापत्र सार्वजनिक कार्यक्रममा टानका पूर्व अध्यक्ष ज्योति अधिकारी,सिताराम सापकोटा,नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामा, निट नेपालका अध्यक्ष दिपक महत,टानका पूर्व महासचिव सागर पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए ।

भिटोफ नेपाल निर्वाचन–२०१८
ध्रुव सिम्खडा प्यानल परिचय

ध्रुव सिम्खडा
अध्यक्षका प्रत्यासी
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालका पूर्व प्रथम उपाध्यक्ष ध्रुव सिम्खडा त्यसअघि यो संस्थाको सदस्य पनि हुनहुन्थ्यो । सिम्खडाले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक गर्नुभएको छ । राजनीतिमा प्राप्तिमात्र होइन, त्याग पनि गर्न सक्ने मिलनसार व्यक्तित्वका धनी सिम्खडाले जापान, सिंगापुर, थाइल्यान्ड, भारत र युरोपका प्राय देशहरुको भ्रमण गरी नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । लायन्स क्लवलगायत अन्य सामाजिक संघसंस्थामार्फत समाजसेवामा पनि उत्तिकै सक्रिय वल्र्ड भिजन ट्राभल एन्ड टुर्स्का संचालक सिम्खडाको नेतृत्वमा गाउँ नै गाउँले भरिएको नेपालको पर्यटकिय विकासमा भिटोफले नयाँ गति लिनेछ ।
….
कृष्णबहादुर सुवेदी (कृस)
प्रथम उपाध्यक्षका प्रत्यासी
त्रिभुवन विश्वविद्यालयबाट संस्कृतिमा स्नातक कृष्णबहादुर सुवेदी (कृस)प्रथम उपाध्यक्षका प्रत्यासी हुनुहन्छ । सुवेदीले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालमा सदस्य र सहकोषाध्यक्षको रुपमा रहेर सफल गाउँमैत्री पर्यटन अभियन्ताको पहिचान बनाइसक्नु भएको छ । जापान, चीन, भारत र युरोपका प्राय देशको भ्रमण गरिसक्नुभएका सुवेदीले २०७२ वैशाख १२ को विनाशकारी भुकम्पपछि आफ्नो गाउँका भुकम्पपिडितलाई सक्दो सहयोग गर्नुभएको थियो । होमस्टे टे«लको अन्वेषण र प्रवद्र्धनलाई व्यापक बनाएर गाउँहरुको पर्यटकीय विकासमार्फत सिंगो मुलकलाई समुन्नत पार्ने उहाँको योजना छ । उहाँ युनिक एडभेन्चरका संचालक हुनुहुन्छ ।
….
तारालाल धरेल
द्धितिय उपाध्यक्षका प्रत्यासी
तारालाल धरेल ज्यामरुङ् जनकल्याण समाजका महासचिव पनि हुनुहुन्छ । धरेल समाजका उपाध्यक्ष समेत रहनुभएका उहाँ २०७२ वैशाख १२ को विनाशकारी भुकम्पलगत्तै आफ्नो गाउँमा निकै सक्रिय हुनुभएको थियो । पछिल्लो ३ बर्षदेखि ३ सय विद्यार्थीलाई नियमित रुपमा कापी, कलम र डे«स वितरण गर्दै आउनुभएका धरेलले थाइल्यज्ड, इन्डिया, मलेसियालगायत झन्डै आधा दर्जन देशको भ्रमण गरिसक्नुभएको छ । काठमाडौंकेन्द्रीत पर्यटनलाई गाउँ–गाउँमा पुर्याउँदै एक घर एक पर्यटकको अवधारणा लागु गर्दै नेपालका प्रत्येक गाउँलाई दार्जीलिङ बनाउन सकिने उहाँको विश्वास छ । उहाँ नेपाल हाइकिङ ट्रेकका संचालक हुनुहुन्छ ।

जस्फा पाण्डे
महासचिवका प्रत्यासी
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालमा पहिलो महिला महासचिव बन्दै गर्नुभएकी जस्फा पाण्डेको उम्मेदवारी पर्यटनमा महिला सशक्तिकरणको सन्देश पनि हो । भिटोफमा सदस्य र सचिवका रुपमा सफल कार्यकाल पुरा गरिसक्नुभएकी उहाँ समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँकै नेतृत्वमा मकवानपुरको कुन्छालमा सफल होमस्टे प्रवद्र्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । अमेरिका, थाइल्यान्ड, भारत र युरोपका प्राय देशको भ्रमण गरिसक्नुभएकी पाण्डेले कुराभन्दा काम गरेर भिटोफलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य लिनुभएको छ । उहाँ जस्फा इन्टरनेशनल ट्राभल एन्ड टुर्स्का संचालक हुनुहुन्छ ।
….
नवराज थापा
सचिवका प्रत्यासी
सचिवका प्रत्यासी नवराज थापा यसअघि गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालका सदस्य मात्र नभएर कार्यालय व्यवस्थापक हुनुहुन्थ्यो । सामाजिक सेवामा सक्रिय उहाँ असल सोच र असल कर्मको निरन्तरतामा विश्वास गर्नुहुन्छ । आफ्ना गाउँको स्कुलमा एक बर्षसम्म एकजना शिक्षकको पारिश्रमिक बेहोर्नुभएका उहाँले भारत, थाइल्यान्डलगायका देशहरको भ्रमण गरिसक्नुभएको छ । भिटोफलाई अझ सशक्त बनाउँदै गाउँमैत्री पर्यटनको पैरवी गर्ने उहाँको लक्ष्य छ । उहाँ आशाही टे«क्स एन्ड एक्सिपिडिसनका संचालक हुनुहुन्छ ।
….
कुलप्रसाद सुवेदी (केपी)
कोषाध्यक्षका प्रत्यासी
कोषाध्यक्षका प्रत्यासी कुलप्रसाद सुवेदी (केपी) हिमालयन स्माइल ट्रेक्स एन्ड एडभेन्चर्स्का संचालक हुनुहुन्छ । २०४८ सालबाट पर्यटनसँग जोडिनुभएका उहाँले समाजशास्त्रमा स्नातक गर्नुभएको छ । दर्जन बढी देशको भ्रमण गरिसक्नुभएका सुवेदी गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालका पूर्व सदस्य पनि हुनुहुन्छ । भिटोफको दुई बर्षे कार्यकालको अनुभवका आधारमा संस्थाको आर्थिक पाटो कमजोर भएको उहाँको बुझाई छ । भिटोफलाई आर्थिक रुपमा सक्षम बनाउँदै संस्थाको अग्रसरतामा नेपालका गाउँहरुलाई पर्यटनमैत्री र पर्यटनकेन्द्रीत बनाउने उहाँको योजना छ ।
….
उमेश दनै
सहकोषाध्यक्षका प्रत्यासी
सहकोषाध्यक्षका प्रत्यासी उमेश दनैले भौतिकशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । स्पिडी टुरिजम एन्ड ट्राभल्र्स्को संचालक उहाँले जापान, सिंगापुर, भारतलगायत आधा दर्जन देशहरु घुमिसक्नसभएको छ । भिटोफलाई युवा आकर्षण गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालमा युवा आकर्षण बढाउने उहाँको लक्ष्य छ । युवा जोश, जाँगर र सक्रियताले मात्र ‘गाउँ–गाउँमा पर्यटन’ भन्ने नारालाई व्यवहारमा सफल बनाउन सकिन्छ भन्ने उहााको विश्वास छ । उहाँ स्पिडी टुरिजम एन्ड टाभल्र्स्का संचालक हुनहुन्छ ।
….
राममणि रिजाल
सदस्यका प्रत्यासी
आउटडोर हिमालयन ट्रेक्सका संचालक राममणि रिजालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक गर्नुभएको छ । पर्यटन सेवा संघको कार्यकारी सदस्य समेत भइसक्नुभएका उहाँले भारत, थाइल्यान्ड, नेदरल्यान्ड, फ्रान्स, बेल्जियम, इटाली, जर्मनी, नर्वेलगायतका देशहरुको भ्रमण गर्नुभएको छ । विकट गाउँका बाँझो खेतमा खेतीपाती गरी पर्यटकलाई लगेर स्थानीय गरीबी हटाउने उहाँको लक्ष्य छ । सन्तुलित आर्थिक समृद्धिको लागि गाउँमैत्री पर्यटन एक मात्र विकल्प हो भन्ने उहाँको बुझाई छ ।

शान्तकुमार बानियाँ
सदस्यका प्रत्यासी
बेटर भिटोफको नारा लिएर सदस्यका प्रत्यासी बन्नुभएका शान्तकुमार बानियाँ सन् २००० मा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको हो । भरियाको रुपमा यो क्षेत्रमा आउनुभएका उहाँ गाइड हुँदै कम्पनी मालिकसम्म हुनुभएको छ । हाल म्याजिक हिमालय टे«क एन्ड एक्सिपिडिसनका संचालक बानियाँ संस्थाको प्रगतिका लागि स–साना काम गरेर पनि ठुल्ठुला परिणाम प्राप्त गर्न सकिनेमा विश्वास गर्नु हुन्छ ।

संतोष थापा मगर
सदस्यका प्रत्यासी
सदस्यका प्रत्यासी संतोष थापा मगरले मनमोहन मेमोरियल कलेजबाट अंग्रेजी साहित्यमा स्नातक गर्नुभएको छ । सन् २०१० मा होटलमा भाँडा माझ्ने कामबाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ त्यसपछि होटल मेनेजर हुनुभयो । हाल उहाँ ठमेलस्थित होलि लज प्रालिका संचालक हुनुहुन्छ । भिटोफले सुरुदेखि नै प्रशंसनीय काम गरेकोले यसबाट पर्यटन प्रवद्र्धन हुने विश्वास गर्दै सदस्यको उम्मेदवार भएको उहाँ बताउनुहुन्छ । सकारात्मक सोचका कर्मशील पर्यटन उद्यमी मगर कुनै बेला तेक्वान्दोको खेलाडी पनि हुनहुन्थ्यो ।
….
केदारमणि खनाल
सदस्यका प्रत्यासी

सदस्यका प्रत्यासी केदारमणि खनालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक गर्नुभएको छ । पर्यटन सेवा संघ सचिव समेत भइसक्नुभएका उहाँ ग्रेट भिजन टे«क एन्ड एक्सपिडिसन र कर्मा होटलका संचालक हुनुहुन्छ । चौध बर्षको पर्यटन अनुभव भएका उहाँ भिटोफलाई नयाँ ढंगले अगाडि बढाउनेपर्नेमा जोड दिनुहन्छ । टर्की, सिंगापुर, दुवई, मलेसिया आदि देशको भ्रमण गरिसक्नुभएका उहाँ गाउँ पर्यटनको अवधारणालाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१