क्रोएसियन स्टार राकिटिक श्रीमती माउरीसँग बिदा मनाउनमै व्यस्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७५, आईतवार ०५:२४

एजेन्सी  ।  रसिया विश्वकप सकिएको लगभग दुई साता भएको छ । तर, क्रोएसियन स्टार राकिटिकले श्रीमती माउरीसँग पछिल्लो एक सातादेखि विभिन्न सहरमा मस्ती गरिरहेका फोटा इन्स्टाग्राममा पोस्ट गरिरहेका छन् क्रोएसियाका मिडफिल्डर इभान राकिटिक अझै विश्वकपको सफलतामा झुमिरहेका छन् । इतिहासमै पहिलोपटक विश्वउपविजेता बनेको क्रोएसियन टोलीका की प्लेयर राकिटिक अझै पनि बार्सिलोना क्लब फर्कने मुडमा देखिँदैनन् । यद्यपि, क्रोएसियाका धेरैजसो खेलाडी आ–आफ्ना क्लबमा फर्किसकेका छन् । तर, राकिटिक भने अहिले श्रीमती राक्वेल माउरीसँग बिदा मनाइरहेका छन् ।

विश्वकप समाप्त भएको लगभग दुई साता हुन लाग्दा पनि राकिटिकले श्रीमतीसँग पछिल्लो एक सातादेखि विभिन्न सहरमा मस्ती गरिरहेका फोटाहरू इन्स्टाग्राममा पोस्ट गरिरहेका छन् । राकिटिकले पोस्ट गरेका तस्बिरहरूमा अहिलेसम्म एक लाखभन्दा बढीले लाइक गरिसकेका छन् ।उनकी श्रीमती माउरीले भने श्रीमान्सँगको रमाइलो गरिरहेको क्षणका तस्बिरहरू पोस्ट गरेकी छैनन् । लामो ब्रेक र विश्वकपपछि श्रीमान्सँग बिदा मनाउने अवसर पाएपछि माउरी निकै दंग देखिन्छिन् । यता, बार्सिलोनाको प्रशिक्षण क्याम्प ढिलो हुँदा पनि त्यसको फाइदा राकिटिकले उठाइरहेको एजेन्सीहरूले जनाएका छन् ।

२०१३ मा वैवाहिक बन्धनमा बाँधिएका राकिटिकका दुई सन्तान छन् । समुद्री किनारमा डुल्ने र बोटिङ गर्ने उनीहरूको नियमित तालिका बनेको छ । सन् २०११ मा राकिटिक सेभिल्लामा आबद्ध थिए । त्यहीँ नै राकिटिकले माउरीलाई एक होटेलबारमा काम गरिरहँदा पहिलोपटक भेटेका थिए । सेभिल्लाबाट बार्सिलोनामा आबद्ध भएपछि राकिटिकले माउरीसँग विवाहको प्रस्ताव राखेका थिए ।गत सिजनमा राकिटिकले सर्वाधिक खेल खेलेका थिए । स्पेनिस लालिगाको उपाधि रक्षा गर्ने अभियानमा फर्कनुअघि राकिटिकले लामो बिदा आवश्यक भएको पछिल्लो समय मिडियाहरूलाई बताएका थिए ।नयाँ पत्रिकामा खबर छ । ‘अहिले म निकै थाकेको छु र मलाई लामो आरामको आवश्यकता छ,’ राकिटिकले गत साता मिडियालाई भनेका थिए ।इतिहासमै पहिलोपटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजित भएको थियो । विश्वकपमा क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डमाथि २–१ र समूह चरणमा अर्जेन्टिजाविरुद्ध ३–० को सानदार जित निकाल्दै सनसनीपूर्ण प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१