हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७५, आईतवार ०५:२२

काठमाडौं। रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस गएपछि रियलले हार्जाड किन्ने तयारी गरेपनि चेल्सीले विश्वकिर्तिमानी रकम २०० मिलियन पाउण्ड माग गरेपछि रियल हार्जाड किन्न पछि हटेको हो ।

स्पेनिस पत्रिका एएसका अनुसार रियल हार्जाड किन्ने अभियानबाट बाहिर निस्किएको हो । स्पेनका पूर्व प्रशिक्षक लोपेगुईले इस्को र मार्को एसेन्सियोलाई महत्वपूर्ण खेलाडीकारुपमा अघि बढाउने बताइएको छ । लोपेटेगुई इस्कोका ठूला प्रसंशक हुन् । इस्कोको प्रतिभा बारे लोपेटेगुई जानकार छन् ।

रियलले रोनाल्डोको विकल्पकारुपमा पेरिस सेन्ट जर्मेनका नेयमार र केलियन एमबाप्पेलाई समेत भित्र्याउने योजना बनाएको थियो । तर दुवै खेलाडीले पिएसजी नछोड्ने बताइसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१