महिलाले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ, त्यहीअनुसार हस्तमैथुन गर्छन् । तर, सबै महिलाले आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अंगलाई सुम्सुमाएर वा मर्दन गरेर चरमसुख प्राप्त गर्ने गरेका छन् ।महिलाले विभिन्न यौनांगलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने गरेको पाइएको छ । महिलाले योनिमा औंला पसाउनेदेखि आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउने पनि गर्छन् । महिलाले योनिलाई वा अन्य यौनांगलाई यसरी नै चलाउनुपर्छ वा घर्षण गर्छन् भन्ने स्पष्ट वा कुनै ठीक तरिका भने छैन । उनीहरूले आफूलाई मन पर्ने कुनै पनि तरिकाले आफ्ना यौनांलाई चलाएर हस्तमैथुन गर्ने गरेका छन् ।
डा. रूपाखेतीका अनुसार, चलाउने वा घर्षण गर्नेदेखि बाहेक दबाब दिने, विस्तारै हल्लाउने, जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपायबाट पनि महिलाले यौनआनन्द लिने गरेका छन् । यीबाहेक महिलाले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको छाला, तिघ्रालगायतका शरीरका अन्य अंगको स्पर्श, मर्दन वा सुमसुम्याएर पनि यौनआनन्द लिने गरेका छन् ।
प्रतिक्रिया