काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका नेपालीहरु स्वदेशमा पढ्न नपाएर नभई पैसामा प्रमाणपत्र लिनका लागि गएको बताएका छन् ।
बंगलादेशमा चिकित्सा शास्त्र पढीरहेका बिद्यार्थीका वारेमा असंवेदनशिल टिप्पणीका कारण कानुनमन्त्री शेरबहादुर तामाङले राजिनामा दिएको भोलिपल्ट थापाको यो भनाई यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
‘बाहिर पढ्न जाने मध्ये केही छात्रवृतिमा गएका हुन । तर ९० प्रतिशत बाहिर गएका बिद्यार्थी नेपालमा पढ्न नपाएर होइन । बंगलादेश गएका, चीन गएका र फिलिपिन्स गएका बिद्यार्थी पैसा दिएर भर्ना भएपछि एमबीबीएसको सर्टिफिकेट आउने ग्यारेन्टी पहिला हातमा लिएर पढ्न गएका हुन्’ थापाले भनेका छन् ।
नेपालमा चिकित्सा शिक्षा पढ्न नपाएर नभई विदेश जाँदा पैसामा सजिलै एमबीबीएसको प्रमाणपत्र पाइने भएकाले गएका हुन् भन्ने आपत्तीजनक अभिव्यक्ति थापाले दिएका हुन् । त्यसमा पनि उनले चीन, बंगलादेश र फिलिपिन्समा डाक्टरको प्रमाणपत्र सहजै पाउने र त्यसका लागि पढ्न नपर्ने आशय राखेर त्यहाँबाट पढेका डाक्टरहरुको योग्यता र क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् ।
डा। गोबिन्द केसी अभियानका एक राजनीतिक प्रबक्तासमेत रहेका थापाले चिकित्सा शिक्षाको सुधारका लागि आफू स्वास्थ्यमन्त्री हुँदा केही गर्न नसकेपनि प्रचार भने निकै गरेका थिए । केसीको माग सम्वोधन गर्न नसकेका उनले आफू सरकारबाट हटेपछि भने फेरी यो मुद्दालाई उठाएर राजनीति गरिरहेका छन् ।
अभिभावकले दुःख गरेर ती देशमा एमबीबीएस गर्न पठाएका र फर्केर आएका डाक्टरहरुमाथिको यो अभिव्यक्तिको तिब्र आलोचना भएको छ । कानुनमन्त्री तामाङले मन्त्री पद्बाट राजिनामा दिएर आफ्नो नैतिकता प्रदर्शन गरेका छन् भने सांसद थापाले यस्तो आपत्तीजनक अभिव्यक्तिलाई कसरी सच्याउलान् रु यो प्रश्नमा वहस भइरहेको छ ।
प्रतिक्रिया