यौन उत्तेजनाको समस्या महिला र पुरुष
दुवैमा हुने गर्दछ ।
महिलाहरुमा उत्तेजनाको बेला यौनाङ्ग
मुलायम भै फैलिने र रसिलो हुने
प्रक्रियामा गड्बडी हुने समस्या हुन्छ । धेरै
महिलाहरुमा डर, त्रास, संकोचजस्ता मनोगत
कारणहरुले पनि यौन उत्तेजना आउदैन ।
केहि महिलाहरुमा संक्रमण,
हर्मोनको समस्या वा अन्य कुनै
औषधिको सेवनले पनि यौन उत्तेजना नआउने हुन्छ
।
पुरुषहरुमा भने प्रयाप्त समयसम्म लिङ्ग ठाडो र
कडा नरहने समस्या आउनसक्छ ।
पुरुषमा पनि शारिरीक रोग, मद्यपान
तथा लागूपदार्थ र औषधि सेवनजस्ता कारणले
पनि यौन उत्तेजना नआउने हुन्छ । तर यौन
क्रियाकलापमा लिङ्ग उत्तेजित हुन्न भने
मनोगत समस्या भएको बुझ्न सकिन्छ ।
प्रायः डर, त्रास, उदासिनता, चिन्ता,
थकान वा यौन चाहनाको कमीले पनि यौन
उत्तेजना नआउने हुन्छ । उमेर छिप्पिँदै
गएपछि यौन उत्तेजनाको समस्या पनि बढ्दै
जाने गर्छ । यस्ता समस्याग्रस्त महिला र पुरुष
दुवैमा रहेको डर र त्रासलाई मनोवैज्ञानिक
विधिद्धारा निवारण गर्दै लानुपर्ने हुन्छ ।यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने
समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ । यसका दुई
कारण छन् । पहिलो महिलाकै आफ्नो विभिन्न
कारणले चरम विन्दुमा नपुग्नु र दोस्रो कारण
पुरुषमा यौन ज्ञान, अनुभवको कमि तथा विभिन्न व्यक्तिगत र
सामाजिक दृष्टिकोणका कारण
महिलाको यौन आवश्यकता पुरा नहुनु हो ।
पुरुषमा भने यौन
उत्तेजना ढिलो वा चाडो वीर्य स्खलन
वा वीर्य स्खलन नै नहुनसक्छ । हस्तमैथुन र अन्य
तरीकाले आनन्द महसुस हुने वानी परेका कतिपय
पुरुषहरुमा यौन समागमले वीर्य स्खलन नहुन सक्छ
। यौनलाई दवाइने सामाजिक, पारिवारीक
माहोल वा दृष्टिकोण तथा विभिन्न
औषधि र लागुपदार्थको सेवनले
पनि यस्तो अवस्था श्रृजना हुनसक्छ ।
यौन शिक्षा वा ज्ञान,
यौनसम्बन्धी भ्रमको निवारण र दम्पतिबीच
समझदारी नै समस्याको समाधानमा महत्वपूर्ण
हुन्छ । विशेषगरी पुरुषले महिलालाई यौन
प्रक्रियाको चरणदेखि विभिन्न
क्रियाकलापबाट आनन्दको चरणतिर लानुपर्ने
हुन्छ । प्राकृतिक हिसाबले पुरुष चाँडो र सजिलै
उत्तैजित भई चरम सुखको चरणमा पुग्ने भएकाले
महिलालाई यस्तो चरणसम्म पु¥याउन पुरुषले
बिस्तारै
सहवासको प्रक्रिया अगाडि बढाउनु र
उत्तेजित पार्नुपर्ने हुन्छ । – एजेन्सी
प्रतिक्रिया