यस्तो सपना देखेमा तपाईंको मृत्‍यु छिट्टै हुदैछ भन्ने संकेत गर्छ (थाहा पाइराखौ)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७१, बुधबार १०:१४

मृत्युको बिचार सबैका लागि निकै भयानक हुने गर्दछ । मानिसहरुको अन्तिम यथार्थ भनेको मृत्यु नै हो । जो जन्मन्छ उसको मृत्यु निश्चित छ ।

मृत्युको बारेमा सबैभन्दा तनावपूर्ण कुरा भनेको मृत्यु पछि के हुन्छ भन्ने विषय हो । यहि कारणहरुले गर्दा मानिसहरु मृत्युदेखि निकै डराउने गर्दछन् । तर यसो भन्दैमा मृत्युमाथि विजय पाउन सकिँदैन । मृत्यु कसैलाई पनि खबर नगरी आउँछ र जब तपाईंको मृत्यु हुन्छ, तपाईंलाई यसको बारेमा थाहा नै हुँदैन । तर हिन्दु धर्मग्रन्थहरुमा यस्ता थुप्रै संकेतहरुलाई सूचिबद्ध गरिएका छन् जसबाट मृत्युले ढोका ढक्ढकाइरहेको बारेमा थाहा हुन्छ ।
मृत्युको संकेतहरुको प्रथम उल्लेख शिव पुरााणमा पाइन्छ । शिव पुराणका अनुसार एकपटक देवी पार्वतीले भगवान शिवसँग कसैको मृत्यु हुँदै छ भन्ने कुरा कसरी थाहा पाउन सकिन्छ भनेर प्रश्न गरिन् । उनको प्रश्नको उत्तर दिँदै भगवान शिवले मृत्युका १० संकेतहरुको बारेमा बताएका छन् ।

१. मृत्युको संकेत नम्बर १
जब छालाको रङ पहेँलो अथाव सेतो हुन्छ जसमा हल्का रातो रङ देखिन्छ भने उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुनेछ ।
२. मृत्युको संकेत नम्बर २
जब व्यक्तिले आफ्नो प्रतिबिम्ब ऐना अथाव पानीमा देख्न छाड्छ उक्त व्यक्तिको मृत्यु ६ महिनाभित्र हुने बताइएको छ ।
३. मृत्युको संकेत नम्बर ३
जब कुनै व्यक्तिले सबै कुरा कालो देख्न थाल्छ यो संकेतलाई व्यक्तिको मृत्यु नजिक भइरहेको भन्ने बुझ्नुपर्छ ।
४. मृत्युको संकेत नम्बर ४
यदि व्यक्तिको बाँया हात एक हप्तासम्म लगातार फर्फराइरहेको छ भने यसको अर्थ उक्त व्यक्ति एक महिनाको पाहुना भन्ने बुझिन्छ ।
५. मृत्युको संकेत नम्बर ५
यदि कोही व्यक्तिको संवेदनशील अंग ढुङ्गाजस्ता कठोर हुने गरेको छ भने उक्त व्यक्ति ६ महिनाभित्र मर्दैछ भन्ने संकेत हो ।
६. मृत्युको संकेत नम्बर ६
जब कोही व्यक्तिले चन्द्र, सूर्य र आगोबाट निस्कने प्रकाश देख्न छाड्छ भने उसको मृत्यु निकट छ ।
७. मृत्युको संकेत नम्बर ७
यदि कुनै व्यक्तिको जिब्रो अचानक सुन्निन थाल्यो भने पनि त्यस्ता व्यक्तिहरु केहि दिनका लागि मात्र जीवित हुने बताइएको छ ।
८. मृत्युको संकेत नम्बर ८
यदि मानिसले आकाशमा ध्रुव तारा देख्न छाडेमा यसको अर्थ उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुने बताइएको छ ।
९. मृत्युको संकेत नम्बर ९
जब कुनै व्यक्तिले सूर्य, चन्द्र र आकाशलाई रातो देख्न थाल्छ भने उक्त व्यक्तिको मृत्यु चाँडै नै हुने बताइएको छ ।
१०. मृत्युको संकेत नम्बर १०
जब कसैले सपनामा उल्लु अथवा खाली वा नष्ट भएको गाउँ देख्छ भने उसको मृत्यु निकट छ भन्ने बुझ्नुपर्छ । (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१