व्यवस्थापन र पत्रकाररकर्मचारीबीचको विश्वासनै थाहा मिडिया ग्रुप उचाइमा पुग्नु हो : अस्मिता सुमार्गी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७५, मंगलवार ०५:३१

काठमाडौं।  मुक्तिश्री ग्रुपका अध्यक्ष अजेयराज सुमार्गीले थाहा मिडिया ग्रुप निष्पक्ष रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। थाहा मिडिया ग्रुपको ११औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष सुमार्गीले थाहाखबरकर्मी अरूभन्दा निष्पक्ष र तटस्थ हुनुपर्ने बताए।  यसलाई निरन्तरता दिन म आग्रह गर्दछु। कार्यक्रममा थाहा मिडिया ग्रुपकी अध्यक्ष अस्मिता सुमार्गीले व्यवस्थापन र पत्रकाररकर्मचारीबीचको विश्वास र भरोसायोग्य सम्बन्धका कारण थाहा मिडिया ग्रुप थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन्। कार्यक्रममा रेडियो थाहासंचार तथा थाहाखबर डट कममा उत्कृष्ट काम गर्ने दुई-दुई जना पत्रकारलाई पुरस्कृत गरिएको थियो। पुरस्कृत हुनेमा रेडियो थाहासंचार नेटवर्क प्रालिका नरेन्द्र सापकोटा र सन्चु ब्लोन छन्। त्यस्तै, थाहाखबर डटकममा उत्कृष्ट काम गरेवापत जयसिंह महरा र किशोर गौतमलाई पुरष्कृत गरियो। उत्कृष्ट पत्रकाररकर्मचारी पुरस्कारको राशि जनही १० हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१