माछापुछ्रे बैंकले राजधानीमा गर्यो वृक्षारोपण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७५, मंगलवार ०५:२२

काठमाडौँ । माछापुछ्रे बैंक लिमिटेडले टोखा नगरपालिका, वडा नं. २ स्थित सपनतिर्थ मन्दिर परिसरमा वृक्षारोपण गरेको छ । बैंकले सोमबार टोखा नगरपालिका, प्रगतिशिल धारा सुधार समिति र सपनतिर्थ क्षेत्र विकास समितिसँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । वृक्षारोपण कार्यक्रमको उद्घाटन नेपाल सरकारका माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका थिए । वृक्षारोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा समेतको उपस्थिती रहेको  थियो।

हाल बैंकले ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु, लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहकहरुलाई बैंकिंग सुबिधा उपलब्ध गराउँदै आएको छ । हाल बैंकको देशभर ९७ वटा एटीएमहरु संचालनमा रहेको बैंकका  प्रमुख कार्यकारी अधिकृत शर्माले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१